१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिको उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयले पूजा गरेर स्वागत गरेका छन्। स्थानीयले तामाङ संस्कारअनुसार बसको पूजा गरी चालक, सहचालक र जनप्रतिनिधिहरूलाई भव्य स्वागत गरेका थिए। यसअघि उमाकुण्ड–५ को नासपातीघारीसम्म मात्र बस सेवा पुग्ने गर्दथ्यो। अब बाहुनीडाँडा र जिदु हुँदै उर्माखुसम्म बस पुग्ने […]

बागमती मुख्‍य समाचार समाचार समाज

कुमार पौडेलको हत्यामाथि छानविन गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ । अब सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरिक्षक सवेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुने छ । कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एमाले अध्यक्ष ओलीका पिताको निधन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च

काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् । पेस गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ। निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाकोको अध्यक्षतामा बनेको समितिले घटनाको क्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ। स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो

रौतहट । प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले असफल तुल्याएको छ। वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरूलाई डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो। प्रतिनिधि सभा […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

होर्मुज मार्ग बन्द गर्ने इरानको धम्की, युरोपेली उर्जा बजारमा धक्का

विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक, होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने इरानको धम्कीले युरोपेली ऊर्जा बजारहरूमा धक्का दिएको छ । जसका कारण जर्मनीमा पेट्रोलको मूल्य प्रति लिटर २.३० युरोभन्दा माथि पुगेको छ, भने डिजेलको मूल्य अझ बढेको छ । खाडी र ओमानको बीचमा अवस्थित, होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र समुद्री […]

बागमती मुख्‍य समाचार समाचार

ललितपुरमा निर्वाचन प्रहरीको बिदाई, योगदानको प्रशंसा

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको विहीबार बिदाई गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो । कार्यक्रममा बोल्दै ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् । उनले सरकार संविधान संशोधन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् । गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् । उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन् । उनले […]