२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

२० वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

२० बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा नलमा लगाइएको आगोबाट गोठमा आगलागी

२० बैशाख , कञ्चनपुर । कञ्चनपुरमा गहुँको नलमा लगाइएको आगोबाट गोठमा आगलागी भएको छ। बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा, पराल, काठ लगायतका सामान जलेर नष्ट भएको छ। आगलागीबाट ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। […]

मुख्‍य समाचार समाचार

प्रचण्ड गर्मीमा‘गुइँठा’बनाउँदै महोत्तरीका गृहिणी

२० वैशाख, महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’बनाउने काममा व्यस्त हुन्छन् […]

अर्थ मुख्‍य समाचार

डलर स्थिर,पाउण्ड र युरोको भाउमा लगातार गिरावट

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेबिहीबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र […]

खेलकुद समाचार समाज

बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो

२० बैशाख, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १–० ले पराजित गरेको हो । डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका […]

मुख्‍य समाचार समाचार समाज

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

२० वैशाख, रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका […]

मुख्‍य समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना

२० वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा […]

समाचार समाज

अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

१९ वैशाख, बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन विदा दिन निर्णय […]

मुख्‍य समाचार सूचना प्रविधि

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

२० वैशाख, काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख […]

खेलकुद

वेस्टइन्डिज ए सँग आज चौथो खेल : विश्वकप खेल्ने नेपाली टोलीको परीक्षा

२० वैशाख, काठमाडौं । नेपालले चौथो टी-२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ :१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २-१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि […]

मुख्‍य समाचार राजनीति

समाचार टिप्पणी : सुहाङको ‘लक्की सेभेन’ मत

१९ वैशाख, काठमाडौं । २०८१ सालको पहिलो पन्ध्रौं दिनमा देशका दुई स्थानमा उपनिर्वाचन भए । इलाम क्षेत्र नम्बर २ मा संघीय संसद र बझाङमा प्रदेश सभा सदस्यको । दुवै क्षेत्रमा सत्ता गठबन्धनले जितेको छ, उम्मेदवार थिए एमालेका । उपनिर्वाचनभरी इलाम भने निकै चर्चामा रह्यो । बझाङ अलि ओझेलमा थियो । इलाम चर्चाको पनि शिखरमा रहनुको […]