२ चैत्र २०८२, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, २ हजार १ सयले लिए सेवा

२० वैशाख, सिमकोट । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । […]

मुख्‍य समाचार समाचार समाज

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । […]

मुख्‍य समाचार समाचार

चितवनमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

२० वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

२० वैशाख, काठमाडौँ । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले राससलाई जानकारी दिए । “विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा […]

मनोरन्जन मुख्‍य समाचार

रजनीकान्तको बायोपिक बनाउँदै साजिद

२० बैशाख, काठमाडौं । सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बन्ने भएको छ । बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालालेसुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन् । जसका लागि उनले रजनीकान्तसँग सम्झौता गरेर बायोपिकको अधिकार आफूले लिइसकेका छन् । साजिद निकट स्रोतका अनुसार उनी रजनीकान्तका ठूलो फ्यान हुन् । ‘धेरै कमलाई मात्र थाहा छ कि […]

मुख्‍य समाचार समाज

मन्त्रिपरिषद बैठक बस्दै

२० बैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बोलाएको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि […]

मुख्‍य समाचार समाचार

धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

२० वैशाख, धादिङ । को थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले राससलाई बताए । घरमा भएका अन्नपात र लत्ताकपडा […]

मुख्‍य समाचार समाचार समाज

आगलागीले घर र गोठ नष्ट

२० बैशाख, मकवानपुर । आगलागीले घर र गोठ जलेर सखाप भएको छ । राक्सिराङ गाउँपालिका-६ स्थित खर्कण्डेटारका इन्द्रलाल चेपाङको घर जलेर नष्ट भएको हो । बुधबार दिउँसो ३ बजेतिर आगलागी भएको तर आगलागीका कारण भने यकिन हुन नसकेको पीडित चेपाङले बताए । उनका अनुसार सोलारको तार सट भएर आगलागी भएको हुनसक्छ । “म औषधि लिन […]

गण्डकी प्रदेस समाचार समाज

मादी नदीमा पुल निर्माण हुँदै

२० वैशाख, तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ […]

अर्थ

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

२० वैशाख,काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए । पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, […]

मनोरन्जन मुख्‍य समाचार

‘मनसरा’ आजदेखि हलमा

२० बैशाख, काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’ आजदेखि प्रदर्शनमाआएको छ । बुधबार रातिललितपुरको लबिम मलकोक्यूएफएक्स हलमाप्रथम प्रदर्शन(प्रिमियर शो) सम्पन्न भएको उक्त चलचित्रमासोसल –ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकलेसरल रुपमा बलियो गरी उठाएका छन् । पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रुपमा बलियो […]

मनोरन्जन मुख्‍य समाचार

‘हीरामण्डी’का निर्देशक र कलाकारले कति लिए पारिश्रमिक ?

२० बैशाख, काठमाडौं । निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आइसकेको छ । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ । सञ्जयले यही सिरिजमार्फत ओटीटी डेब्यू गरेका छन् । […]