४ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण : पर्यटनमन्त्री तामाङ

२८ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुखद् रहेको बताएका छन् । शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८ औं वाषिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको वाधकको रुपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हावी भएको बताए । उनले भने,‘हामीलाई […]

खेलकुद मनोरन्जन मुख्‍य समाचार समाज

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण

२८ वैशाख, काठमाडौं । कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।” सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छोडेको बताए। उनले भने, “आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।” पहलवान घनश्याम […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

२८ वैशाख, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ बैशाख विहान ११ बजेका लागि प्रदेशसभाको […]

राजनीति

संसदीय समिति बनाएको भोलिपल्ट कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ : ओली

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर […]

समाचार समाज

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

२८ वैशाख, काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा […]

जीवनशैली मुख्‍य समाचार समाज

नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण

२८ वैशाख, काठमाडौं । अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ । नेपाली सेनाको यहाँ स्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घरमा एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि […]

जीवनशैली मनोरन्जन समाचार

आमाबाबु बन्दै जस्टिन र हेली

२८ वैशाख, काठमाडौं ।क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । तस्वीर र भिडियोमा २७ वर्षीया हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ । उनीहरुलाई अमेरिकी रियालिटी स्टार किम कार्दासियन र मोडल गिगी […]

जीवनशैली समाचार समाज

‘मिस पिंक २०२४’ को फाइनल जेठ ३ गते हुने

२८,वैशाख, काठमाडौं ।ट्रान्सवुमनहरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को फाइनल राउन्ड आउँदो जेठ ३ गते विहीबार काठमाडौंमा हुने भएको छ । नील हिरा समाजले सन् २०१८ पछि २०२४ का लागि मिस पिंक आयोजना गर्न लागेको हो । लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने […]

मुख्‍य समाचार राजनीति

जसपा फुटले मधेश सरकार संकटमा

२७ वैशाख, काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन् । पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई […]

मुख्‍य समाचार राजनीति

हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने प्रतिबद्धता

२७ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

२८ वैशाख, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा […]

राजनीति

संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रविमाथिको अनुसन्धान प्रतिवेदन

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन बाँडिएको छ । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् । उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख छ । प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले यही वैशाख ३ गते […]