३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

२५ जना क्षमता भएको बाजुरा कारागारमा ७२ जना राख्दा समस्या

१ जेठ, बाजुरा । २५ जना अटाउने क्षमता भएको जिल्ला कारागार बाजुरामा हाल कैदी र थुनुवा गरी ७२ राखिएको छ । क्षमता भन्दा तेब्बर बढी मानिस राखिँदा खान, सुत्न र शौचालय जानसमेत समस्या भोग्नुपरेको कैदी विशाल बिकले बताए । पानीको अभाव भएको र सुत्ने ठाउँ नपुगेर राम्ररी निदाउन पनि नसकिएको कैदीबन्दीहरु बताउँछन् । क्षमता भन्दाबढी […]

मुख्‍य समाचार समाचार समाज

कसले बुझ्ला यात्रुका पीडा

१ जेठ, काठमाडौँ । पिठ्यूँमा डेढ वर्षकी छोरी मस्त निदाएकी थिइन् । हातमा सानो थैली थियो । बिरामी छोरीलाई उहाँले जतिसक्दो चाँडो अस्पताल पुयार्‍उनु थियो । नायाँबानेश्वरको चोकमा उभिएर भैरवी कार्कीले पटक–पटक गाडीलाई हात तेस्र्याइरहीन तर पिठ्यूँमा बच्चा बोकेको देखेपछि उनलाई नचढाई गाडी गुडिहाल्थे । शुक्रबार बिहान ९ बजे भैरवी यसरी नै गाडीका लागि प्रतीक्षा […]

मुख्‍य समाचार समाज

पूर्व सांसद रेग्मीको निधन

१ जेठ, स्याङ्जा । पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो । रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए। उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेका थिए । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। काठमाडौँमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अफगानिस्तानमा चालिस हजार बालबालिका घरबारविहीन

१ जेठ, काठमाडौ । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । बालबालिकाले आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजन समेत सबै गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अरशद मलिकले बताए । विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय […]

मुख्‍य समाचार समाचार समाज

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो । सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता […]

मुख्‍य समाचार विचार

अदालत र प्रदेश सरकारका संसदीय अभ्यास

१ जेठ, काठमाडौ । प्रदेश प्रमुखसमक्ष सरकार बनाउने दावी गर्दैगर्दा कोशी र गण्डकीमा फरक यति मात्रै थियो–कोशीमा सभामुखको हस्ताक्षर प्रयोग गरिएको थियो, गण्डकीमा सभामुखको टाउको गनिएको थियो । सम्भवतः आदेश गर्ने न्यायाधीशको विवेक र नजिरले व्याख्या गरेको हस्ताक्षर चिन्यो, टाउको चिनेन । कोशी प्रदेश र गण्डकी प्रदेश सरकारबारे संयोगले सर्वोच्च अदालतलको दुई फरक बेञ्चले एकै […]

मुख्‍य समाचार समाचार

पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने

१ जेठ, काठमाडौँ । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै रु ५८ अर्बको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे रु ६३ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

बागमती प्रदेशसभाको आज बैठक बस्दै

१ जेठ, मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । संसद्मा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा […]

मुख्‍य समाचार राजनीति समाचार

सभामुखसँग रास्वपाको माग : संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्छ

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा परियारले भनेका छन्, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । तर, बोल्न […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

तनहुँमा जलदेवता मानिने आँधीमूलका माछा मरे

१ जेठ, तनहुँ । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन । आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने […]

मुख्‍य समाचार समाचार

इतिहासकार ज्ञानमणि नेपालको निधन

१ जेठ, काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिए । नेपालको प्राचीन तथा […]

मुख्‍य समाचार समाचार

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

१ जेठ, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । राईले विभिन्न सहकारीको रकम […]