३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

२ जेठ, तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो । प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको […]

मुख्‍य समाचार समाचार समाज

धनुषामा ३ दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद

१ जेठ, धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा रु एक करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

लमजुङको उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

२ जेठ, लमजुङ । यहाँको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख दोस्रो सातादेखि सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । उनका अनुसार बारम्बार ताकेता गरी कारबाही प्रक्रिया समेत अघि बढाएपछि निर्माण व्यवसायीले काम थालेको […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

बैतडीमा निःशुल्क आँखा शिविरबाट २ हजारभन्दा बढी सेवाग्राही लाभान्वित

२ जेठ, बैतडी । बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् । शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति जना लाभान्वित भएका हुन् । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीको बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै

२ जेठ, कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिए। गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो […]

खेलकुद मुख्‍य समाचार

ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ फाइनलमा प्रवेश

२ जेठ, काठमाडौँ । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई आठ विकेटले पराजित गर्दै एफिएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो । एपिएफले तीन खेलमा छ अङ्क बटुलेको छ […]

अर्थ मुख्‍य समाचार समाचार

१६ औं योजनाको लक्ष्यः कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने

२ जेठ , काठमाडौ । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५-८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । बुधवार राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको लक्ष्यहरु सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५-८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय ३ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

२ जेठ, गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनीआफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहेका छन् । गलकोट नगरपालिका–१० पाण्डवखानीका उहाँले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उनलाई […]

मुख्‍य समाचार समाचार

एनसेलले ल्यायो ‘सधैँ अन’ योजना, डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने दाबी

२ जेठ , काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ । ‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्योर कायुमोभले बताएका छन् । उनले ‘सधै अन’ […]

खेलकुद मुख्‍य समाचार

दीपेन्द्र टी–२० वरीयताता शीर्ष १० मा, रोहितको घट्यो

२ जेठ, काठमाडौ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतातामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् । टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली […]

मुख्‍य समाचार राजनीति

संसदमा कांग्रेसको बकबास सुनिरहन तयार छैनौं : केपी ओली

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए । ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ ? …अब बकबास सुनिरहन हामी तयार छैनौं […]

मुख्‍य समाचार राजनीति समाचार

संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह

२ जेठ , काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयाश थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालवीच प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बिषमयमा छलफल भएको थियो । त्यसक्रममा सभामुखले प्रतिपक्षसँग तत्काल सम्वाद […]