३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय

६ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो । सहकारीको रकम अपचलनमा निष्पक्ष छानबिनका लागि शनिबार सरकारले […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो

६ जेठ, काठमाडौँ । आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा […]

मुख्‍य समाचार समाज

काभ्रेपलाञ्चोकमा अपाङ्गता भएका बालबालिकाको उपचार गराइँदै

६ जेठ, काभ्रेपलाञ्चोक । बनेपास्थित अपाङ्गता बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी)मा अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार सुरु गरिएको छ । काठमाडौँस्थित रोटरी क्लब अफ पशुपतिको ‘ग्लोबल ग्रान्ट’मार्फत उपचार सुरु गरिएको हो । उक्त ग्रान्टबाट छ महिनामा छ सय ५० बालबालिकाको उपचार गरिने क्लबले जनाएको छ । यसै साता सुरु भएको निशुल्क उपचार सेवा आउँदो […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

प्रविधिको विकाससँगै कामविहीन बन्दै दाङका गन्धर्व

६ जेठ, दाङ । पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व पछिल्लो समय कामविहीन हुँदै गएका छन् । प्रविधिको विकाससँगै गीतसङ्गीतको पहुँच विस्तार हुँदै गएपछि गन्धर्वहरुको कामविहीन हुँदै गएका हुन् । बढ्दो गीतसङ्गीत र आधुनिक प्रविधिको विकासका साथै समाजले पनि आफुहरूलाई हेयको दृष्टिले हेर्ने गरेकाले पुर्खादेखि सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएको काम ओझेलमा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

चितवनमा खडेरीले पानीका स्रोत सुक्दै, वन्यजन्तु समस्यामा

६ जेठ, चितवन । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताएका हुन्। उनले प्राकृतिक र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, खोलामा […]

मुख्‍य समाचार राजनीति

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

६ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ । पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

चेपाङ बस्तीमा विद्युत प्राधिकरणले बाड्‍यो निःशुल्क मिटर

६ जेठ, चितवन । अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले […]

मुख्‍य समाचार समाचार समाज

ट्राफिक प्रहरीको हत्यामा आरोपमा ७ जना पक्राउ

६ जेठ, काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो । जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार […]

मुख्‍य समाचार

आन्दोलनरत चापागाईं र मन्त्रीबीच सवाल जवाफ, प्रतिवद्धता आउनुपर्ने माग

६ जेठ ,काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले विगत पाँच दिनदेखि वालबिकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन् । उनी माइतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ती उभिएर बिरोध गरिरहेका छन् । उनले आगामी बजेटमा शिक्षकहरुको तलब […]

मुख्‍य समाचार राजनीति

संसद रंगमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

६ जेठ , काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके(चन्द्रकान्त) राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् । आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए । उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको […]

पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

पर्यटक लोभ्याउँदै मकवानपुरको मोहिनी झरना (तस्विरहरु)

६ जेठ, काठमाडौं । अग्लो पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ मोहिनी झरना । झरनासँगैको हरियाली रमणीय दृश्यमा आँखा घुमाउन पाउँदा निकै आनन्द आउँछ । अझै झरनाको पानीमा डुबुल्की मार्दा झन् कति आनन्द लाग्दो हो । यस्तोखाले आकर्षण भएको झरना मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ मोहनीमा पर्दछ। त्यसैलाई यो झरनालाई मोहिनी झरना भनिन्छ । […]

मुख्‍य समाचार

धनगढीमा चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा

६ जेठ, कैलाली । धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रु दश करोड ५० लाखभन्दा बढीको लागतमा निर्माणाधीन दुई हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सौरभ कलौनीका अनुसार विसं २०७५ मङ्सिर […]