२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

संसद रंगमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

६ जेठ , काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके(चन्द्रकान्त) राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् ।
आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।

उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद रंगमञ्च मात्रै भयो है भनेर ।संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट््टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन् जस्तो लाग्छ । छानविन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन् ।’

उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठूला ठूला पार्टी कुस्ती खेलेर बस्दा आफूहरु भने अप्ठारोमा परेको बताए । उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठूला ठूला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहीं कठिन भएको छ । गतल संसदीय अभ्यास भइरहेको छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।