४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

८ जेठ , काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् । सोमबार […]

मनोरन्जन मुख्‍य समाचार

‘पुजार सार्की’का प्रदीपः रियलमा तबला, रिलमा दमाहा

७ जेठ , काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली फिल्ममा अभिनयको सुरुवात प्रेमकथाका फिल्मबाट गरे । फिल्म ‘प्रेमगीत’बाट ‘लभर ब्वाई’ र ‘रोमान्टिक हिरो’को छवि बनाएका प्रदीप फिल्म ‘प्रकाश’ अघिसम्म त्यही छविमा स्थापित भए । तर ‘प्रकाश’ले उनलाई फरक अभिनेताका रुपमा दर्शक र फिल्मकर्मीमाझ चिनायो । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’मा उनी […]

मुख्‍य समाचार समाज

पशुपतिनाथको भेटी चोर्ने ८ जना पक्राउ

८ जेठ , काठमाडौ । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

८ जेठ , बागलुङ। बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

८ जेठ, म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ […]

मुख्‍य समाचार समाज

‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’

८ जेठ , काठमाडौँ । विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्धदर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

८ जेठ, महोत्तरी । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द […]

मुख्‍य समाचार समाज

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

८ जेठ, काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र […]

अर्थ मुख्‍य समाचार समाचार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

८ जेठ , वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको […]

मुख्‍य समाचार राजनीति

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कांग्रेसको अवरोध कायमै

८ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ । तर सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनका विषयमा सहमति नभए अवरुद्ध पार्ने जनाएको छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको […]

मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार

८ जेठ , काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले स्थापनाको २५ औं चलचित्र पत्रकारिता दिवस तथा रजत स्थापना दिवसको अवसर पारेर चलचित्र पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको छ । सोमबार साँझ राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रघुवीर महासेठले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरीलाई […]

मनोरन्जन मुख्‍य समाचार

असार ७ मा ‘शिरफूल’

८ जेठ , काठमाडौं । निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ । ‘शिरफूल आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा […]