४ चैत्र २०८२, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

१४ जेठ, बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो […]

मुख्‍य समाचार

जलविद्युत् आयोजनाबाट रु २८ करोडभन्दा बढी ‘रोयल्टी’असुल गर्न बाँकी

१४ जेठ,काठमाडौँ । नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९-८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ । विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई […]

मुख्‍य समाचार समाचार

कञ्चनपुरमा सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल

१४ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो । एक समूहमा २० देखि २५ जना किसान आबद्ध रहेका छन् । वडाध्यक्ष कमल ठकुल्लाका अनुसार दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

१४ जेठ, कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो । सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

१४ जेठ,काठमाडौँ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । सशस्त्र प्रहरी नं २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । उक्त बिओपी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

‘लहान एक्पो’मा रु एक करोड ५९ लाखभन्दा बढी कारोबार

१४ जेठ,सिरहा । उद्योग वाणिज्य संघ सिरहा लहानले गत चैत्र ३० गतेदेखि वैशाख १० गतेसम्म आयोजना गरेको ‘लहान एक्पोः मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’मा रु एक करोड ५९ लाखभन्दा बढी कारोबार भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी १० दिनसम्म चलेको महोत्सवमा एक करोड ५९ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ कारोबार भएकामा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका

१४ जेठ, तनहुँ । तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो । महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै […]

मुख्‍य समाचार समाज

विष्णुविक्रान्त (वामनदेव) को मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै

१४ जेठ, काठमाडौँ । पशुपति क्षेत्रका मूर्तिमध्ये तिथिमिति अङ्कनका आधारमा सबैभन्दा प्राचीन मानिएको विष्णुविक्रान्त (वामनदेव) को मन्दिर बनाइने भएको छ । एक हजार ७०० वर्षअघि बनाइएको यो मूर्ति तिथिमितिका आधारमा पशुपति क्षेत्रकै पुरानो मानिन्छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित सडक किनारमा अलपत्र मूर्तिमाथि फोहर फाल्ने, ढलले डुब्नेजस्ता समस्या हुन थालेपछि मन्दिर बनाएर संरक्षण गर्न लागिएको वडाध्यक्ष […]

मुख्‍य समाचार विचार समाचार समाज

हल्लैहल्ला माझ टिप्नु छ सही सूचना

१४ जेठ, काठमाडौँ । गणतान्त्रिक युगले पाएको नेपाली आमसञ्चार माध्यमको चित्र हेर्दा गतिशील लाग्छ, परिवेश अलि पेचिलो देखिन्छ र चुनाती गम्भीर छ । तिनै आयामका माझ मिडिया उक्सिएको र प्रेस खुम्चिएको परिदृश्य मार्मिक छ । यससम्बन्धी विवेचनाले गहन शोध खोज्छ, सङ्क्षेप आलेखमा त्यो सम्भव छैन । यसैले यहाँ अवलोकन तथा अनुभवका आधारमा तिनको सरल रेखाङ्कन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च

१४ जेठ, काठमाडौँ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सामाजिक सुरक्षातर्फ रु दुई खर्ब ९८ अर्ब ५७ करोड १९ लाख रकम विनियोजन गरेको थियो । सरकारले छुट्याएको कूल बजेटको […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ-मुग्लिन दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

१४ जेठ, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका […]

मनोरन्जन मुख्‍य समाचार

पुजार सार्की’ जापानमा रुचाइयो

१४ जेठ , काठमाडौं । गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ । जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ । उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए । नाकानो जेरो हलमा भएको शो […]