५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

२२ जेठ, काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भने । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे । “हामीले […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

तीन तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल

२२ जेठ, दाङ । तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन् । साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन् । घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल)का विद्यार्थीको दैनिकी यस्तै छ । यो नदीको बहाव उत्तरतिर भएकाले यस नदीको नाम उत्तरबाहिनी […]

मुख्‍य समाचार समाचार समाज

रकम ठगी वा असुली कार्यमा संलग्न आठजना पक्राउ

२२ जेठ , रौतहट । रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो । विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले […]

मनोरन्जन मुख्‍य समाचार

होस्टेल ३’मा रिहान, पदम र सिम्रन

२२ जेठ , काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ । तीन जना कलाकारको ‘होस्टल ३’ डेब्यू फिल्म हुनेछ । यसअघि फिल्ममा भिडियो कन्टेन्ट क्रिएटरका रुपमा परिचित पारस बम ‘कुल ब्वाइ’ अनुबन्धित भइसकेका छन् । रिहान भुटानी नागरिक हुन् । उनी नेपाली […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

घरेलु मदिरा नष्ट अभियानमा रौतहट प्रहरी, भट्टीहरु तोडफोड

२२ जेठ , रौतहट । रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरु नष्ट गरेको हो । गौर नगरपालिका ५ स्थितमा बस्ने सुुशिल श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टी प्रहरीले […]

मुख्‍य समाचार समाचार

कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न सांसद सुवालको माग

२२ जेठ , काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुसँग अर्बौ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका […]

मनोरन्जन मुख्‍य समाचार समाचार

ज्वाइँ साब’मा ‘जिरे खुर्सानी’का इशान

२२ जेठ , काठमाडौं । एक समय नेपाल टेलिभिजनमा सर्वाधिक रुचाइएको टेलिसिरियल ‘जिरे खुर्सानी’मा ‘जिरे’को भूमिकामा अभिनय गरेर चर्चित बनेका कलाकार इशान राउत फिल्म ‘ज्वाइँ साब’मा जोडिएका छन् । मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’मा इशानले अभिनय गर्न लागेका हुन् । वसन्त निरौलाको निर्देशनमा बनिरहेको फिल्ममा जितु नेपाल प्रमुख भूमिकामा छन् । जितु ‘जिरे […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

गौर नगरपालिकामा पहिलो पटक कृषि एम्बुलेन्स संचालन

२२ जेठ , रौतहट । रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ । किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो । कृषि एम्बुलेन्स सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा […]

समाचार समाज

मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाको निष्कर्ष, ८ बुँदे घोषणापत्र जारी

२२ जेठ, काठमाडौं। मातृभाषाको पत्रकारिताको प्रवर्द्धनका लागि दक्षिण एसियाका पत्रकारहरुबीच एक जुट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जेठ १९ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र २० गते मध्यपुर थिमीमा भएको दुई दिने सम्मेलनमा उपस्थि सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् । राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले घोषणापत्रले मातृभाषा पत्रकारिताको विशेषता, त्यसको महत्व […]

मुख्‍य समाचार समाचार समाज

हावाहुरीले रोकिएको उडान सुरु

२२ जेठ, काठमाडौं । हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो । ‘अहिले भिजिबिलिटी खुलेपछि उडान पनि सुरु भएका छन्’, मौसम पूर्वानुमान महाशाखाका […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले उत्ताउलोपन देखायो : योगेश भट्टराई

२२ जेठ , काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको सुनाए । ‘काङ्ग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुन खालको उत्ताउलो परिस्थिति सिर्जना भयो त्यो अचम्मलाग्दो छ । अघिल्लो दिनसम्म […]

मुख्‍य समाचार राजनीति

जर्सी लगाएका सांसद झाले भने, ‘सच्चा देश क्रिकेट टोलीमा मात्रै छ’

२२ जेठ , काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन् । उनले सदनमा एकले अर्कालाई सिद्ध्याउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक लेखकले ‘डिलिङ विथ डिलेमा’ भन्ने पुस्तकमा लेखेको राष्ट्र उग्रवाद […]