५ चैत्र २०८२, बिहीबार
खेलकुद

ब्याटिङमा लय गुमाउँदा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

२३ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । डालसको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । स्पिनर टिम प्रिन्गल र लोगान भान बेकको उत्कृष्ट बलिङका कारण नेपाल […]

मुख्‍य समाचार समाचार समाज

विश्व वातावरण दिवसः ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ मनाईदै

२३ जेठ, काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ । दिवसका अवसरमा संयुक्त […]

समाचार समाज

बिहानैबाट कोशी र गण्डकीमा वर्षा, आज ६ प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित पानी पर्ने  सम्भावना 

  २३ जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून […]

खेलकुद मुख्‍य समाचार

नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

२३ जेठ, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र […]

मुख्‍य समाचार सूचना प्रविधि

ल्यापटपमा लगाएको अन्त:शुल्क तत्काल फिर्ता गर्न क्यानमहासंघको माग

२२ जेठ, काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष ८१/८२को बजेटमामार्फत प्रविधिका उत्पादन ल्यापटप र डेस्कटपमा लगाएको अन्त:शुल्कप्रति हार्डवेयर र सफ्टवेयर उद्योगका आयातकर्ताहरूले आपत्ति जनाएका छन् । मंगलबार कम्प्युटर एशोशिएन अफ नेपाल (क्यान महासंघ)ले गरेको अन्तरक्रिया कार्यक्रममा आइटी आयातकर्ताहरूले आपत्ति जनाएका हुन् । उनीहरूले सरकारले आइटी प्रडक्ट ल्यापटप र डेस्कटपमा लगाएको अन्त:शुकल्क तत्काल फिर्ता लिनु पर्ने […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा : किसानलाई क्षतिपूर्ति दिन माग

२२ जेठ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनको केराखेतीमा भएको क्षतिबारे सरकारको ध्यानार्कषण गराउँदै रु १५ करोड बराबरको क्षति भएको बताउँदै पीडित  किसानलाई तत्काल बीमा रकम उपलब्ध गराउन सरकारसँग माग […]

अर्थ मुख्‍य समाचार

सुनको भाउ निरन्तर उकालोतिर

२२ जेठ , काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला […]

मुख्‍य समाचार राजनीति

राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुँदै थियो । कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे । त्यसपछि बोल्न रोष्ट्रममा गएका […]

मुख्‍य समाचार

छिचोलियो अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ

२२ जेठ , संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज(मंगलबार) ब्रेक–थ्रु गरेका छन् । उनले आगामी आवमा नौं सय मेगावाट विद्युत थपगरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पु¥याउने उल्लेख गर्दै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि […]

मुख्‍य समाचार राजनीति समाचार

वित्तीय समानीकरण अनुदान कटौती गरेर सरकारले बेइमान गर्यो’

२२ जेठ , काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारले आगामी वर्षको बजेटमा वित्तीय समानीकरण अनुदान कटौती गर्नु गलत भएको बताएका छन् । उनले स्थानीय तहलाई केन्द्रले सहयोग गरी बलियो बनाउँदै लैजानुपर्नेमा दिँदै आएको बजेटमा समेत कटौती गरेको भन्दै प्रदेश सरकारलाई सहमतीमै खारेज गर्नुपर्ने तर्क गरे । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद केसीले […]

मुख्‍य समाचार समाचार समाज

बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम

२२ जेठ, काठमाडौँ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गरे । […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय सहमतिको सरकार गठनको माग

२२ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन् । सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका […]