५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल आज भारत जाँदै, भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागी हुने

२७ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् । आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन् । आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा […]

खेलकुद मुख्‍य समाचार

नेदरल्याण्ड्स पराजित, दक्षिण अफ्रिकाको दोस्रो जित

२७ जेठ ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निलेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो । राम्रो सुरुवात गरेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई झन्डै पराजित गरेको थियो । तर, अफ्रिकाको लडखडाएको पारि डेभिड मिलर र ट्रिस्टन स्टब्सले धैर्यतापूर्वक खेले र दक्षिण अफ्रिकालाई जित […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२७ जेड , काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ । यो शनिबारकै मूल्य हो । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ […]

मुख्‍य समाचार समाज

कोशीप्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

२७ जेठ , काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक  प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत बागमती र […]

मुख्‍य समाचार सूचना प्रविधि

नेपाल मोबाइल व्यावसायी महासंघको अध्यक्षमा भरत भट्टराई निर्वाचित

नेपाल मोबाइल व्यावसायी महासंघको अध्यक्षमा भट्टराई निर्वाचित २६ जेठ, काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन्। शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महासचिवमा सन्तोष घिमिरे निर्वाचित भएका छन्। यसैगरी सचिव पदमा […]

मनोरन्जन

ईश्वरी बरालको ‘माया छ कि छैन’ गीत सार्वजनिक

२६ जेठ, काठमाडौं । गायिका ईश्वरी बरालले नयाँ गीत ‘माया छ कि छैन’ बजार लिएर आएकी छन् । गीतकाे भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ। भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा […]

मुख्‍य समाचार सूचना प्रविधि

मोबाइलको ‘ग्रे मार्केट’ व्यवसायीले नै रोक्नुपर्छ : सञ्चारमन्त्री शर्मा

२५ जेठ, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन् । भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैंले लाग्नुपर्ने बताएकी हुन् । नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारबाट […]

बैंक–वित्त

सरकारी जग्गा अतिक्रमणमा संलग्नलाई कार्बाही गर्न लेखाको निर्देशन

२५ जेठ,  काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारी जग्गा निजीकरण हुन नदिन र जग्गा व्यक्तिको नाममा सार्ने, अतिक्रमण र दुरुपयोग गर्नेलाई यथाशीघ्र कार्बाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा शुक्रबार भएको बैठकले सार्वजनिक तथा सरकारी जमिनलाई दुरुपयोग हुनबाट रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै, […]

खेलकुद

ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

२५ जेठ, काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते हुने भएको हो । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई–फुटबल गरि तीन विधाका […]

मुख्‍य समाचार राजनीति

देशभरका जग्गाको पुनः नापी गर्नुपर्छ : भूमिमन्त्री अधिकारी

२५ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभरका जग्गाको पुनः नापी गर्नु जरुरी भएको बताएका हुन् । उनले २०२१ सालपछि गरिएको नापी अहिले अव्यहारिक भइसकेको बताए । उनले […]

समाज

गाँजा अध्ययन नियमावली ल्याएर हुन्छ ः गृहमन्त्री लामिछाने

२५ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजा खेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न […]

बैंक–वित्त

‘एउटा फायल स्वीकृत हुन ३७ जनाले हस्ताक्षर गर्नुपर्छ’— रबि सिंह अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

२५ जेठ, काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट भर्खरै आएको छ । बजेट माथि पर्याप्त परामर्श भएन, यो बजेटले मागहरु पूरा हुन सक्दैन भनेर आलोचना पनि भैरहेको छ । समस्या के हो ? हामीले एकतर्फी रुपमा बजेटको विषयमा, बजेटले सम्बोधन गर्नुपर्ने विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थियौं । तर प्रत्यक्ष रुपमा भेटेर संवाद चैं गर्न पाएनौं […]