५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

अवैध रुपमा अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ

२९ जेठ, काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११ का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । स्रोतका अनुसार उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध […]

मुख्‍य समाचार राजनीति समाचार

कर्णालीप्रति सरकार गैरजिम्मेवार बन्यो : सांसद शाह

२९ जेठ , काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा)ले कर्णाली बासीप्रति सरकार गैरजिम्मेवार भएको आरोप लगाएकी छिन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोलदै सांसद शाहले गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कर्णालीमा सरकारको उपस्थिति नरहेको बताएकी हुन् । कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोटमा अझै पनि खानेपानी, बिजुलीको व्यवस्था समेत नरहेको साहको भनाइ छ […]

मुख्‍य समाचार

समाचार टिप्पणी : भैंसीको शरीरमा झिँगाको लात्ती

२९ जेठ , काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरिरहन्थे । […]

मुख्‍य समाचार राजनीति

देशभित्र र विदेशबाट फर्केका अनुभवी मिलेर रोजगारी सिर्जना गर्न सकिने मन्त्रीको भनाई

२९ जेठ , काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विदेशबाट फर्किएका मानिसको सीप र ज्ञान प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला उद्घाटन समारोहमा उनले स्वदेशमै रहेका र विदेशबाट फर्केका मानिसबीच समन्वयमा काम गर्ने हो भने बेरोजगारी कम गर्न सकिने भन्दै […]

मुख्‍य समाचार समाचार समाज

हेटौंडा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोमा आपत्ति

२९ जेठ , हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले राज्यको स्वामीत्वमा रहेको हेटौंडा अस्पताललाई एक राजनीतिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरण गरिएको विषयप्रति आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले आम नागरिकलाई सहज, सरल र सस्तो एवम सुलभमा मूल्यमा उपचार सेवा प्रदान गरिरहेको अवस्थामा प्रतिष्ठानमा गाभिंदा अस्पतालको अस्तित्व र गरिमा […]

मनोरन्जन मुख्‍य समाचार

सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश

२९ जेठ , मुम्बई । बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहेका छन् । समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ । गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर वन्दुक फायरिङ समेत भएको थियो । घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई […]

मुख्‍य समाचार राजनीति

विश्वविद्यालय शिक्षा निःशुल्क गर्न सांसद सुवालको प्रस्ताव

२९ जेठ , काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले खेलकुद क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट कटौतीको प्रस्ताव पेस गर्दै उनले भक्तपुरको सिद्धपोखरीको खेल मैदानमा यथावत रुपमा खेल्न पाउनुपर्ने बताए । उनले भने, ‘युवालाई धुम्रपान र सुर्तिजन्य पदार्थ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विद्यालय व्यवस्थापन समिति खारेज गर्न सांसद सिंहको माग

२९ जेठ, काठमाडौं । सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयहरुमा रहेका व्यवस्थापन समितिहरुले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न गरेका छन् । मंगलबार विनियोजन शिर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र नेतालाई मात्र फाइदा पुगेको तर शिक्षा क्षेत्रमा विकास गर्न नसकेको भन्दै खारेज गर्न माग […]

मुख्‍य समाचार समाचार समाज

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

२९ जेठ, चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप […]

मुख्‍य समाचार समाचार समाज

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ […]

मुख्‍य समाचार राजनीति

एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

२९ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिए । अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने […]

खेलकुद मुख्‍य समाचार

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

२९ जेठ, काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ : ४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल […]