१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

कर्णालीप्रति सरकार गैरजिम्मेवार बन्यो : सांसद शाह

२९ जेठ , काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा)ले कर्णाली बासीप्रति सरकार गैरजिम्मेवार भएको आरोप लगाएकी छिन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोलदै सांसद शाहले गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कर्णालीमा सरकारको उपस्थिति नरहेको बताएकी हुन् ।

कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोटमा अझै पनि खानेपानी, बिजुलीको व्यवस्था समेत नरहेको साहको भनाइ छ ।

उनले भनिन्, ‘कर्णाली पुग्ने कोही नेपाली त्यस्तो नहोला, जसको मन नरोला । त्यहाँ बिजुली छैन, त्यहाँ खानेपानी छैन । विद्यार्थीहरु टिनको छाप्रोमा पढ बाध्य छन् । र कतिपय विद्यालयका छाना उडाएको अवस्था छ । स्कुल, सरकारी कार्यालय र सुरक्षा निकायहरुको भवनको अवस्था जिर्ण छ । गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि सरकारको जुन प्रकारको उपस्थिति हुनुपथ्र्यो त्यस्तो देखिएन । हामी सरकारमा बसेर यो मुलुकलाई सञ्जालन गरिरहेका छौं भन्न पनि अप्ठेरो लाग्छ । जनाका लागि आवश्यक सामान्य कुरा समेत दिन सकेका छैनौं । यसमा म समाननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्