६ चैत्र २०८२, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार

मंसिर १ मा अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’

३२ जेठ, काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म […]

मुख्‍य समाचार समाचार समाज

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

३२ जेठ, काठमाडौँ । मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । […]

खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप क्रिकेटः भोली नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने

३२ जेठ, काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ : १५ बजे सुरु हुनेछ । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको […]

अनौठो संसार मुख्‍य समाचार समाचार समाज

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ, चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

काठमाडौं । दिल्ली प्रहरीले हवाई यात्रामा मात्रै चोरी गर्ने एकजना हाई प्रोफाइल चोरलाई पक्राउ गरेको छ । ४० वर्षीय अभियुक्त राजेश कपुरले यात्राको क्रममा सहयात्रीहरूको ह्यान्डब्यागबाट गहना र बहुमूल्य सामानहरू चोर्ने गर्थे। प्रहरीले उनलाई दिल्लीको पहाडगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । राजेश कपुरले गत वर्ष ११० दिनभन्दा बढी समयसम्म २०० भन्दा बढी उडानमा चोरी गरेको […]

मुख्‍य समाचार सूचना प्रविधि

‘३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

३२ जेठ, काठमाडौँ । सरकारी अधिकारी, आइटी क्षेत्रका व्यवसायी तथा विज्ञहरूले एक दशकमा नेपालबाट ३० खर्बबराबरको सूचना प्रविधि निर्यात सम्भव रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सूचना प्रविधि दशक र अबको कार्यदिशा विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले तय गरेको लक्ष्य प्राप्त गर्न नीतिगत निर्णय गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पत्रकारलाई निर्मम प्रश्न गर्नुस् भने, प्रश्नै नसुनी हिंडे

३२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरे पनि प्रश्नै नसुनी कार्यक्रम स्थगित गरेका छन् । गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा उपलब्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले पत्रकारलाई निर्ममभन्दा निर्मम प्रश्न गरिराख्न आग्रह गरे । तर कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी उनी […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर […]

मनोरन्जन मुख्‍य समाचार

अन्तरजातीय प्रेमकथामा ‘ईश्वर’

३२ जेठ, काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा आफ्नो कुलभन्दा बाहिरको युवायुवती प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अन्तरजातीय प्रेमकथालाई उठान गरेको देखिन्छ । ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र […]

मुख्‍य समाचार राजनीति

अब सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री

३२ जेठ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् । शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कमल थापा नेतृत्वको राप्रपा नेपालले आन्दोलन गर्ने

३२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्थाबाट जनतालाई मुक्ति दिनका लागि जनआन्दोलन गर्ने बताएका छन् । उनले आगामी फागुनदेखि आन्दोलन गर्नेगरी तयारी गरेको जानकारी दिए । शुक्रबार केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले संघीय गणतन्त्र नेपाल र धर्म निरिपेक्ष असफल भइसकेको दावी गरे । हालको व्यवस्थाबाट जनतालाई […]

मुख्‍य समाचार समाचार समाज

‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’

३२ जेठ, नारायणगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूसंग भएको स्रोत, साधन, क्षमता र प्रविधिलाई अधिकतम उपयोग गरेर सेवा प्रदान गरेको बताएका छन्। आज अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै उनले देशभरिबाट क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नुपर्छ भने। उनले भने, “ क्यान्सरका बिरामी यहाँ […]

मुख्‍य समाचार समाचार

१० वर्षमा पुल निर्माणको प्रगति पाँच प्रतिशत

३२ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ । निर्माण कम्पनीले काम छाडेपछि कम्पनीसंग ठेक्का सम्झौता रद्द गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले १० वर्षसम्म पुल निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसंगको ठेक्का सम्झौता अन्त्य गरेको हो । कार्यालयका प्रमुख तेजस्वी शर्माले देवस्थल […]