११ कार्तिक २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एक महिनाभित्र खेल क्षेत्रका सबै विवाद समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

२४ साउन, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बिहीबार(सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदको मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो । तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले तेक्वान्दो सबैभन्दा अनुशासित खेल रहेको भन्दै नियम र कानुन तोडियो भनेर विवाद सृजना […]

ललितपुरमा ‘बडी वर्न क्यामेरा’सहितको क्यूआरटी

२४ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले क्विक रेस्पोन्स टिम (क्यूआरटी)लाई प्रविधिमैत्री बनाएको छ । ललितपुर परिसर र मातहतका कार्यालयहरुमा क्युआरटीमा खटिने प्रहरीलाई ‘बडी वर्न क्यामेरा’सहित परिचालन हुने भएका छन् । नागरिकको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्न घटनाको यर्थाथ चित्रण गर्न बडी वर्न क्यामेरासहितको क्यूआरटी परिचालन गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले […]

मुख्‍य समाचार समाचार

सन्दर्भ विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

२४ साउन, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले सेवा दिँदै आएका छन् । नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्राडा मिनु चौधरी नेपालमा चार सय ८२ मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिए । उनका अनुसार […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

२४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी […]

मुख्‍य समाचार समाचार

काभ्रे प्रहरीद्वारा २० हजार नागरिकलाई सचेतना

२४ साउन, काभ्रेपलाञ्चोक । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले २० हजार नागरिकलाई अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत नागरिकको आधारभूत सुरक्षा, मानव बेचबिखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, सेफ्टीपीन, आत्महत्यासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । नेपाल प्रहरीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रहरीले पाँच वर्षदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । […]

मुख्‍य समाचार समाचार समाज

सडक बत्ती जडानमा भ्रष्टाचार, मेयर श्रेष्ठले लुट मच्चाउन खोजेको आरोप

२४ साउन, सिरहा ।  गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ । आर्थिक वर्ष २०७९-०८० मा गोलबजार नगरपालिकाले नगर स्तरीय योजनामा जडान गरेको ११७ थान सडक बत्ती प्रतिगोटा २५ हजारका दरले खरिद गरी जडान गरेको थियो । तर आर्थिक वर्ष २०८०-०८१ मा वडा कार्यालयहरुले सोही सडक बत्ती प्रति गोटा  ६ हजार दुईसय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

अदालतको आदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो दल भंग

२४ साउन, काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश दिएको हो । थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ– मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको […]

मुख्‍य समाचार समाचार समाज

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

२४ साउन, सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् । स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए […]

मुख्‍य समाचार समाचार समाज

यूएईमा नेपालीले रक्सी खाएर झगडा गर्न थालेपछि दूतावासको ध्यानाकर्षण

२३ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ । दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले […]

अनौठो संसार मुख्‍य समाचार समाचार समाज

कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा २ महिनाको जेल सजाय

२४ साउन, काठमाडौं । न्यूजिल्यान्डमा एक जना महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ । घरमा पालेको कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा नाम नखुलाइएको ती महिलालाई सो सजाय सुनाइएको हो । धेरै खाएकै कारण नुगी नाम गरेको सो कुकुर हिँड्न समेत नसक्ने गरी मोटो भएको थियो । सन् २०२१ को अक्टोबरमा अकल्यान्डस्थित घरबाट पशुमाथि हुने […]

मुख्‍य समाचार समाचार समाज

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर

२४ साउन, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ । उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले […]

मुख्‍य समाचार समाचार समाज

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना

२४ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आएका छन । सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने(बनाउने) गरेका छन । डोरी […]