२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति

सांसदको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

१५ साउन, काठमाडौँ । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गरे। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “स्वदेशमै ‘टिक्ने’र ‘बिक्ने’जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?”गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै […]

मुख्‍य समाचार राजनीति समाज

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छः सञ्चार तथा सूचना प्रविधिमन्त्री

१५ साउन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’

१५ साउन, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने […]

मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

२१ वर्षपछि थिमि ताहनानीमा भैरब नाच

१५ साउन, भक्तपुर । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नं ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो । गुरु पूर्णिमादेखि प्याँख अर्थात नाचको प्रशिक्षण सुरु […]

मुख्‍य समाचार राजनीति

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैनः महासचिव पोखरेल

१५ साउन, देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताए । प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए । “हामी सरकारका जानका लागि मात्रै मिलेका होइनौँ देश विकासका लागि सहकार्य […]

मुख्‍य समाचार राजनीति

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

१५ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताए । विश्वविद्यालयको आज भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले समयको मागअनुसार अध्ययन–अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई रोक्न स्वदेशमा नै गुणस्तरीय शिक्षामा आफूलाई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

दुई सय पाँच परिवारलाई खानेपानी सुविधा

१५ साउन, म्याग्दी । वर्र्षौदेखि खानेपानीको समस्या झल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक घर, एक धारा’खानेपानी आयोजनाबाट घर–घरमा खानेपानीको सुविधा पुगेपछि पानी लिनका लागि कुवा र खोलामा धाउने समस्याबाट […]

मुख्‍य समाचार राजनीति

लैङ्गीक विभेदका अवशेषहरुलाई मेटाउँदै नयाँ इतिहास रचौं : अध्यक्ष नेपाल

१५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लैङ्गीक विभेदका अवशेषहरुलाई मेटाउँदै नयाँ इतिहास रच्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौमा आयोजित ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरुको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै ठूलो संघर्षपछि नेपालको संविधानले महिलालाई अधिकार प्रदान गरेको उल्लेख गर्दै कुनै पनि किसिमको भेदभाव गर्न […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण

१५ साउन, नेपालगञ्ज । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनले विभागको निर्देशनअनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

१५ साउन, इङ्गल्यान्ड । उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा प्रहारको खबर प्राप्त गरेको बताएको हो । मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पूर्वाधारको प्रतीक्षामा सन्तानेश्वर

१५ साउन,बाँके । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ । साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र बिजुलीबत्ती नहुँदा दुःख कष्ट व्यहोर्नुपरेको मन्दिरका मूख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए । “यहाँसम्म आउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तरकारी बजारको व्यवस्थापनमानियमितता र कडाई गर्न आवश्यकःमन्त्रीअधिकारी

१५ साउन, काठमाडौं । कृषितथा पशुपंछी विकासमन्त्री रामनाथअधिकारीले,काठमाडौंका सबै तरकारी बजारको व्यवस्थापनमा कडाई गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार कृषि समितिले कालीमाटी फलफुलतथा तरकारी विकास समितिले गरेका कामका सन्दर्भमा आयोजना गरेको कार्यक्रममाउनले कालीमाटी तरकारी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापारको तरिका एउटै रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको पनिबताए । उनले भने,‘तरकारी दैनिकीचुलोमा पुग्ने […]