१० कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने

२४ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

२४ साउन, काठमाडौँ । सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेको हो । नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको […]

मुख्‍य समाचार समाचार समाज

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

२४ साउन, काठमाडौँ । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का […]

मुख्‍य समाचार समाचार समाज

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

२४ साउन, ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई […]

मुख्‍य समाचार समाचार समाज

तामाङ बस्तीमा हिन्दुकी देवी, तामाङहरूले नै गर्छन् संरक्षण

२४ साउन,  रामेछाप । सिङ्गो बस्तीमा एक घर पनि ब्राह्मण क्षेत्रीको छैन । पुरै बस्ती तामाङ समुदायको, सबै बौद्ध धर्मालम्बि । तर गाउँको बिचमा मन्दिर भने हिन्दु धर्मालम्बिको महाकाली देवीको । नेपालमा धार्मिक तथा जातीय सहिष्णुता कति प्रगाढ छ भन्ने उदाहरण हो रामेछापको खाँडादेवी–८ गागलको महाकाली मन्दिर । तामाङ बस्तीको बिचमा रहेको यो मन्दिर स्थानीयको […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने

२४ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका […]

मुख्‍य समाचार समाचार समाज

डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा

२४ साउन,  विराटनगर । पूर्वी नेपाललाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापित भएको डिजिटल पेन्टसले दुईवटा नयाँ उत्पादन बजारमा ल्याएको छ । एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादन बजारमा ल्याएको हो । अत्याधुनिक पोलियुरिथिन टेक्नोलोजी, सिलिकन टेक्नोलोजी, क्याक प्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङ समेत रहेको वाल गार्ड […]

मुख्‍य समाचार राजनीति

६ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । अर्थसमितिको […]

मुख्‍य समाचार समाचार समाज

मन्त्री पाण्डेको निर्देशन– ‘भेटघाट र कार्यक्रम बन्द गरेर हवाइ सुरक्षामा ध्यान दिऔं’

२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्ष सहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताएका छन् । बुधबार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएपछि मन्त्री पाण्डेले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

२४ साउन,  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ […]

मुख्‍य समाचार समाचार समाज

यी चार प्रदेशमा आज धेरै वर्षा हुने

२४ साउन, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास भएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशमा […]

मुख्‍य समाचार समाचार समाज

घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

२३ साउन, काठमाडौँ । खाना खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका तनहुँ भिरकोटका ५९ वर्षीय छामबहादुर रानामगरको मृत्यु भएको हो । तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका १ गंगानगर आएका थिए । आज बिहान खाना खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको […]