६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

प्रहरी संगठनसँग प्रधानमन्त्री असन्तुष्ट, प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै

३ असार,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँडेका छन् । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्दछन् । विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनको नेतृत्वलाई साथमा लिएर विमानस्थल र कतिपय निकायको […]

समाज

२५औं वर्ष प्रवेशका अवसरमा बर्नहार्टले २५ विद्यार्थीलाई निःशुल्क पढाउने

३ असार,  काठमाडौं । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौं वल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए । ‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा […]

विचार समाचार समाज

स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

३ असार, रामपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् । सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन् । उनले भने, ‘देशभित्रै भविष्य देख्ने […]

मुख्‍य समाचार समाज

इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त 

३ असार,  काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् । आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो । नेपाल पेट्रोलियम ट्याकंर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका […]

राजनीति विचार

टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन : झलनाथ खनाल

३ असार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले भने,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र […]

मुख्‍य समाचार

ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्ने

३ असार,  काठमाडौं । आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्नेति भएको छ । चालकहरुले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो । सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्यांकर चालक […]

राजनीति विचार

संसदका कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्न सहमति

३ असार,  काठमाडौं । नेकपा एमालेका प्रमुख सेचतक महेश बर्तौलाले संसदमा कार्यरत कर्मचारीहरुको साझा युनियनले प्रस्तुत गरेका मागहरुलाई सम्बोधन गर्न सबैको सहमति भएको बताएका छन् । सोमबार सभामुखसहित दलका प्रमुख सचेतकहरुसँग भएको छलफलपश्चात उनले कर्मचारीहरुले उठाएका मागहरु न्यायोचित रहेको भन्दै पूराना नियमहरु समय सान्दर्भिक रुपमा संशोधन गर्नका लागि सरकार सकारात्मक रहेको बताए । उनले भने, […]

समाज

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

३ असार,  इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलाम ले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो […]

अर्थ मुख्‍य समाचार समाचार

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन, मन्त्रालयमा स्वागत र विदाई

३ असार, काठमाडौं । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा […]

खेलकुद मुख्‍य समाचार

स्वदेश फिर्ताको तयारीमा नेपाली टोली, विश्वकप यात्रा सन्तोषजनक

३ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ को यात्रामा नेपालले समूह चरणको तीन खेलमा पराजय भोग्दा वर्षाका कारण एक खेलमा एक अंकमात्रै लिन सक्यो । आइसीसी टी–२० एसिया क्वालीफायर खेलेर विश्वकपको मञ्चमा गएको नेपाली टोलीले टेस्ट नेशन्सलाई बलिङबाट कम स्कोरमा रोकेपनि ब्याटिङ भने चल्न नसक्दा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल हार्न पुग्यो । सुरुका […]

मुख्‍य समाचार समाचार समाज

आन्दोलनरत ट्यांकर चालकहरुलाई मन्त्रालयले वार्तामा बोलायो

३ असार, काठमाडौं । ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ । सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम […]

अर्थ मुख्‍य समाचार समाचार समाज

६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ, दिल्लीमा २ जना समातिए

३ असार, काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन । सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै […]