१० कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार समाचार

लाटभियन नागरिकले खेलौनामा लुकाएर ल्याएका थिए छ किलो कोकिन

२४ साउन, काठमाडौँ । छ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो । ब्यूरोले आज पत्रकार सम्मेलन गरी छ किलो […]

मुख्‍य समाचार समाचार

अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया

२४ साउन, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ । लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया […]

मुख्‍य समाचार समाचार समाज

पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

२४ साउन, काठमाडौं ।  मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सार्मथ्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा सम्भावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जसका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले गर्यो सचिवहरुको सरुवा र सेनाहरुको बढुवा

२४ साउन, काठमाडौं । सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ । बुधबार साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्यराज सापकोटालाई कानुन न्याय […]

अन्तर्राष्ट्रिय समाचार

दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ । जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । “सुनामीको छाल पटक पटक आउनसक्छ, त्यसैले कृपया अर्को जोखिम टरेको अर्को […]

मुख्‍य समाचार समाचार

थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा

२४ साउन, कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ । सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

मौद्रिक नीतिमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग वैचारिक निकटताले काम गर्यो’

२४ साउन,  काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले  आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएको बताएका हुन् । उनले भने, ‘विगत शेरवहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले साथ दिनु भएन । प्रचण्डको सरकारलाई पनि […]

खेलकुद मुख्‍य समाचार समाचार

काभा महिला भलिवल उपविजेता टोलीलाई सम्मान, वालेनले दिए सुझाव

२४ साउन, काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरुसँग भने, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो […]

मुख्‍य समाचार समाचार

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

२४ साउन,दमौली (तनहुँ) । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका […]

मुख्‍य समाचार राजनीति

भ्रष्टाचार निवारण ऐनका सवालमा सरकारको फरक मत आउँदैनः  गृहमन्त्री

२४ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐनको विषयमा सरकारको पक्षबाट कुनै पनि जटिलता उत्पन्न नहुने बताएका छन् ।  सरकारले संसद्मा लगेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा उनले राज्यव्यवस्था तथा सुशासन समितिले तय गरेको सहमतिको मार्गमा सरकार सहभागी हुने भन्दै सरकारको तर्फबाट […]

मुख्‍य समाचार समाचार

सुनको कथामा बन्यो चलचित्र ‘नम्बरी सुन’

२४ साउन, काठमाडौँ । सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने बताए । उनले भने, “सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास […]

मुख्‍य समाचार समाचार

नेप्से परिसूचक उकालो यात्रामा

२४ साउन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर चार […]