२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला

१६ साउन, कञ्चनपुर । कञ्चनपुरमा एक युबक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका हुन। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दार्चुलाकाे एक गोठमा आगलागी

१६ साउन, दार्चुला । दार्चुलाकाे एक गोठमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दर्माका तेजसिं खत्रीको गोठमा आगलागी भएको हो। गोठमा किरा भगाउँन बालेको आगो गोठमा सल्केर आगलागी भएको हो। आगलागीबाट एक गोरु र एक भैँसी मरेको छ। गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ। मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । उनले […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाघको आक्रमणबाट महिला घाइते

१६ साउन, कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मंगलबार साँझ जिल्लाको शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीय मानमती साउँद बाघको आक्रमणबाट घाइते भएकी हुन्। घर नजिकै रहेको गाई गोठमा गाइलाई घास हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो। इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

१६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताएका हुन् । […]

मुख्‍य समाचार राजनीति

आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

१६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् । डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले आर्जन गरेको अनुभव, […]

मुख्‍य समाचार समाचार समाज

वर्षाले रुख ढल्दा घरमा क्षति

१६ साउन, धनगढी । कैलालीमा रुख ढल्दा एक घरमा क्षति पुगेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति पुगेको हो । सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको बताईएको छ । रुख ढल्दा घरमा भएको अन्नपात नोक्सान भए पनि मानवीय क्षति हुनबाट जोगिएको जनाइएको […]

मुख्‍य समाचार समाचार

बिरामी लिएर आएको हेलिकप्टर धानबारीमा आकस्मिक अवतरण

१६ साउन, सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएकोमा मौसम खराबीका कारण लेकबेशी नगरपालिका–६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा आकस्मिक अवतरण गरिएको हो । बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको र […]

मुख्‍य समाचार समाचार समाज

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

१६ साउन,काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव […]

भिडियो मनोरन्जन मुख्‍य समाचार

फिल्म ‘कार्साङ’को छायांकन सुरु

काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । फिल्मको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । केही दिन अघि […]

मुख्‍य समाचार समाज

बाढीले कुश्माका ४५ घर जोखिममा

१६ साउन ,पर्वत । गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन  । कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर […]

मुख्‍य समाचार राजनीति

सङ्कटको सामना गर्न साझानीति, कार्यक्रम र प्रतिवद्धताचाहिन्छ : उपेन्द्र यादव

१६ साउन, काठमाडौँ । जनता समाजवादीपार्टी (जसपा) नेपालकाअध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कटआदिको सामना गर्न साझानीति, कार्यक्रम र प्रतिवद्धताचाहिने बताएकाछन् । बुधबार फिलिपिन्सको मनिलामाप्रोग्रेसिभएलाइन्स, अक्बायनसिटिजन्स एक्सनपार्टी र सोकडेम एसियाद्वारा संयुक्तरुपमाआयोजितकार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्षयादवले सो कुरा बताएकाहुन् । समाजवादी लोकतन्त्रवादी र प्रगतिशिलहरुले सहयोग, भ्रातृत्वको अभिवृद्धिगर्दै विविधखाले सङ्कट र विद्यमानअसमानताको हल गर्न तत्कालकदलचाल्नु पर्नेमा अध्यक्ष यादवले […]