६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

७ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

७ असार, काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ रु १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ । चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा […]

मुख्‍य समाचार राजनीति

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् : प्रधानमन्त्री

७ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान […]

मुख्‍य समाचार समाचार समाज

गोही प्रजनन केन्द्रमा दुई सय तीन बच्चा कोरलिए

७ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट […]

मुख्‍य समाचार राजनीति

नेकपा एस महाधिवेशनः विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

७ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ । सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

राजस्व सङ्कलनमा सामान्य वृद्धि

७ असार, काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । […]

मुख्‍य समाचार समाज

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना  

 ७ असार , भक्तपुर । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ । प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुभएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता […]

मुख्‍य समाचार समाचार समाज

रोशी बन्यो ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा

७ असार, धुलिखेल । जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’घोषणा गरेका छन् । गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि […]

मुख्‍य समाचार समाचार समाज

कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम

७ असार, तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो । कोदोको मःम, सेलरोटी, मदिरा, फापरको रोटी, सिस्नोको सुप, बेलको जुसलगायत स्थानीय स्रोतबाट उत्पादन गरी बजारीकरण […]

मुख्‍य समाचार समाचार समाज

रुपचन्द्र विष्टको २५ औँ स्मृति दिवस, थाहा नगरपालिकामा स्थानीय विदा

७ असार, हेटौंडा । थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५ औँ स्मृति दिवस शुक्रबार मनाइदैछ । सो अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ । मकवानपुरको साविक दामन गाविस–१ हालको थाहा नगरपालिका–३ मा जन्मिएका ‘थाहा’ रुपचन्द्र विष्टको २०५६ साल असार ७ गते वीर अस्पतालमा मृत्यु भएको थियो । कथनी र करनी एउटै भएका विष्ट […]

मुख्‍य समाचार समाचार समाज

खेलकुदमा योग शिक्षा र विधि आवश्यक

७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाल योगा खेलकुद संघले आयोजना गरेको कार्यक्रममा सदस्य–सचिव घिसिङले भने, ‘हामी सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्छ । योगले हामीलाई शारीरिक […]

मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिन कडाई गर्दै अष्ट्रेलिया

७ असार, काठमाडौं । अष्ट्रेलियाले आफ्नो अध्यागमन व्यवस्थामा सुधार गर्ने नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रवन्धमा कडाई गर्ने भएको छ । पर्यटक भिसालाई विद्यार्थीमा परिवर्तन गर्ने नीति बन्द गर्ने त्यहाँको अध्यागमन विभागले जनाएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले गत हप्ता घोषणा गरेझैं यो नीति गत वर्ष जारी गरिएको माइग्रेसन रणनीतिको प्रमुख प्रतिबद्धता हो । […]