६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

बजेटमा वन पैदावार उद्योगहरुलाई विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण

९ असार, काठमाडौं । सरकारले अगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा वन पैदावार सम्बन्धमा विभेद गरेको भन्दै नेपाल प्लाईउड उत्पादक संघ र जैविक उर्जा व्यवसायी संघले आपत्ति जनाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघहरुले सरकारले वन जंगलमा खेर गइरेका दाउरा, वनमारा र डढेलोको मुख्य कारकतत्व लगयतमा मूल्य अभिवृद्धि कर लगाएको तर सोही […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्रीलाई शर्माको प्रश्न–जिबी राईको लोकेशन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्यो ?  

९ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेशन पत्ता लागिसकेको भनि दिएको अभिव्यक्तिको स्मरण गराउँदै चार दिन वितिसक्दा समेत राई किन प्रक्राउ परेनन् भनि […]

मुख्‍य समाचार समाचार समाज

तितुङ हत्याका दोषीलाई कारबाहीको माग

९ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश  बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाका मकवानपुरका शुकबहादुर तितुङको परिवारलाई राहत दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोलेका बर्तौलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे । ‘पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले शुकबहादुर तितुङ लगायतका […]

अनौठो संसार मुख्‍य समाचार

रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउने विचित्रको अल्छे जीव स्लथ !

९ असार, काठमाडौँ । अंग्रेजी भाषामा एउटा शब्द छ– स्लथ (Sloth) । स्लथको अर्थ हुन्छ– सुस्त । यो शब्द अल्छे तथा सुस्त व्यक्तिलाई सम्बोधन गर्नको लागि प्रयोग गर्ने गरिन्छ । मध्य तथा दक्षिण अमेरिकाको घना जंगलमा एउटा विचित्रको जीव पाइन्छ । त्यसको नाम पनि स्लथ नै हो । रमाइलो त के छ भने, अंग्रेजी भाषाको […]

खेलकुद मुख्‍य समाचार

राजन पुरिले जिते ब्लिज चेस उपाधि

९ असार, ललितपुर । प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि राष्ट्रिय शीर्ष खेलाडी राजन पुरिले जितेका छन्। ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हार ब्यहोर्दै ८ अंक जोडेर नगद ७ हजार , ट्रफि , मेडल प्रमाणपत्र प्राप्त गरेका छन्। खुल्ला […]

मुख्‍य समाचार समाज

६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना

९ असार, मुगु । मुगुमा ६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि  गरिएको अर्धवार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ ओटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए […]

मुख्‍य समाचार समाज

नदी सफाइ गर्दै काठमाडौँ महानगर

९ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त […]

मुख्‍य समाचार समाचार समाज

तयार भयो बाह्रबिसे सबस्टेसन

९ असार, काठमाडौँ । सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ । कूल २२०/१३२ केभी क्षमताको सबस्टेसनमा एक सय ६० एमभिए, एक सय ३२/११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको […]

मुख्‍य समाचार राजनीति

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

९ असार, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । आइतबार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

मनसुनमा सुनसान मनाङ

९ असार, गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले केही दिनयता मनाङ मनसुन भएको बताए । […]

अर्थ मुख्‍य समाचार राजनीति

संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि

९ असार, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसद्मा प्रस्तुत भएपछिका हरेकजसो सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि अरु वर्षको जस्तो राजनीतिकरुपमा र निजी क्षेत्रबाटसमेत आलोचना नभएको दाबी गर्दै आएका थिए । तर बजेट आएको तीन हप्ता बित्दासम्ममा संसद्मा सत्तापक्षकै सांसदबाट चर्को आलोचना र विरोध भइरहेको छ । सङ्घीय संसद्का पछिल्ला बैठकहरुमा बजेट […]

अर्थ मुख्‍य समाचार

विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै

९ असार, कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो । पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो । सो सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र […]