लमजुङ बगुम पहिरो : घटनास्थलमा अझै पुग्न सकेन प्रहरी
१२ असार, काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरो गएको ९ घण्टा हुनलाग्दा समेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा भारी वर्षापछि बुधबार बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो । […]











