७ चैत्र २०८२, शनिबार
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति

समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली

१४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुनुहुन्छ । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुनुहुन्छ । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय […]

मुख्‍य समाचार समाचार

रामेछापमा मदन भण्डारीको स्मरण

१४ असार , रामेछाप । मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन रामेछापले मन्थलीले उनको स्मृतिमा कार्यक्रम आयोजना गरेको छ । फाउण्डेसनको आयोजनामा मन्थलीमा मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरिएको छ । फाउण्डेसनको अध्यक्ष एवं नेकपा एमाले रामेछापमा सचिव प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

१४ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

मुख्‍य समाचार राजनीति समाचार

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

१४ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए । “हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात

१४ असार, सिरहा । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो । जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार

देशमा केही पनि भएन भन्ने भाष्य गलत : प्रधानमन्त्री

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । शुक्रबा।र जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गरे […]

मुख्‍य समाचार समाज

रामेछापको खिम्ति बिर्तामा बस दुर्घटना, १० जना घाइते

१४ असार ,रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ […]

मुख्‍य समाचार समाचार समाज

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

१४ असार, काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर  भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प  गएपछि  त्रसित भएका थिए […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोड रकम अपचलन गरेको उजुरी सीआईबीमा

१४ असार, काठमाडौँ । पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् । ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता […]

मुख्‍य समाचार राजनीति

मदन भण्डारी राजनीतिका मार्गदर्शक : देवराज घिमिरे

१४ असार , काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध आज(शुक्रबार) देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । स्वर्गीय मदनकुमार भण्डारीको सम्झनामा स्थापना गरिएको मदन भण्डारी मेमोरियल कलेजले समेत शुक्रबार २३औं स्थापना दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेता भण्डारीका विचारहरुलाई शिक्षाको माध्यमबाट समाज […]

मुख्‍य समाचार राजनीति

‘विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ’

१४ असार, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन् । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता […]

मुख्‍य समाचार समाचार

काठमाडौँ–बैंकक ‘रोड कनेक्टिभिटी’अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

१४ असार, काठमाडौँ । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । टिवान […]