२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

विचारः आयुर्वेद प्रतिष्ठानको आवश्यकता

२४ साउनकाठमाडौँ । वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ । आयुर्वेद क्षेत्रको उन्नयनका लागि गरिनुपर्ने कामहरु लामो समयदेखि रोकिएको छ । स्वास्थ्यको क्षेत्रमा सबैभन्दा पुरानो विधा आयुर्वेद हो । आयुर्वेदपछि अन्य विधाहरु पनि यसमा संलग्न हुन आए । नेपालको सन्दर्भमा पनि जेठो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२४ साउन, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ६.९ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

२४ साउन, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ । समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो । बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन मन्त्रालयले […]

मुख्‍य समाचार समाचार

‘ढल्किदो उमेरले विद्यालय जान छेकेन नवीनलाई

२४ साउन, गोरखा । मसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुगे । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन । पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसक्नु भएका उहाँलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक […]

जीवनशैली मुख्‍य समाचार स्वास्थ्य

कोलेस्टेरोल नियन्त्रण गर्ने ७ खानेकुरा

२४ साउन, काठमाडौँ । स्वस्थ कोषिकाहरू, भिटामिन डी, पाचन र इस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनको निर्माणका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन्- एलडीएल र एचडीएल । एलडीएलको पूरा रुप लो डेन्सिटी लिपोप्रोटिन हो । यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ । हाम्रो रगतमा एलडीएल बढ्यो भने रक्तनलीमा जम्मा हुन […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

कर उठाउने बाटो खोल्न सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश

२४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राजश्व संकलनका लागि अध्यादेश ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस […]

मुख्‍य समाचार समाचार

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

२४ साउन, बेनी (म्याग्दी) ।म्याग्दी मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका प्रमुख आकर्षणको रुपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन […]

मनोरन्जन मुख्‍य समाचार समाचार

‘नरसिंहाः अवतार’ निर्माण हुने, राजेश हमालले अभिनय गर्ने

२४ साउन, काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो ९आगो० र दायातर्फ निलो समुद्रको रङ […]

मुख्‍य समाचार समाचार

छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौँ, २४ साउन । छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता […]

मुख्‍य समाचार समाचार

हलगोरु पाल्ने किसानलाई अनुदान

२४ साउन, दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो । उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छः मेयर महर्जन

२४ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त  र दुरुस्त हुनुपर्ने  बताएका छन् । आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौं, त्यो भनेको  चाहीँ नगर प्रहरी चुस्त र […]

समाज

पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान

२४ साउन, पर्वत । पर्वतमा दैनिकजसो डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ । स्वास्थ्य कार्यालय र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिएको हो । डेङ्गी सङ्क्रमण फैलनुको मुख्य कारक लामखुट्टे भएकाले यसको निराकरण नगरेसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान […]