७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसद दिवस : दलीय हस्तक्षेपले निरिह बन्दै जनप्रतिनिधि

१६ असार ,काठमाडौं । नेपालमा संसदीय अभ्यास सुरु भएको ६ दशक नाघिसकेको छ । त्यसैले असार १६ लाई संसद् दिवसका रूपमा मनाइन्छ । तर संसदलाई दलहरुले प्रभावकारी बनाउन नसक्दा जनप्रतिनिधिमूलक संस्थाको भूमिका कमजोर हुँदै गएको टिप्पणी तिब्र रुपमा भइरहेको छ । पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने संसद राजनीतिक दलहरुले नै निरिह बनाएको टिप्पणी […]

मुख्‍य समाचार समाचार समाज

सामुदायिक विद्यालयका चार सय ४० छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

१६ असार, भक्तपुर । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुई सामुदायिक विद्यालयका चार सय ४० विद्यार्थीलाई श्री जगत भैरव प्रतिष्ठानले पोसाक र शैक्षिक सामग्री एवं विद्यालयलाई ल्यापटप प्रदान गरेको छ । विद्यालयमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माका धर्मपत्नी राधिका शाक्यले उक्त शैक्षिक सामग्री वितरण गरेका हुन् । सूर्यविनायक नगरपालिका‐८ […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

१६ असार, उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् । […]

मुख्‍य समाचार समाचार समाज

क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक भेटिए मृत

१६ असार, काठमाडौँ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर […]

मुख्‍य समाचार राजनीति

फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्री नियुक्त

१६ असार, पोखरा । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् । गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य

१६ असार, चितवन । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा ञलागत मूल्य निकालेको थियो । […]

मुख्‍य समाचार समाज

परम्परागत बीउले धान उत्पादन बढेन

१६ असार ,बलेवा बागलुङ। यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए । अझैपनि अधिकांश स्थानमा मुल नै नफुटेको, सिँचाइका लागि कुलो तथा नहर सञ्चालनमा आउन नसकेका कारण रोपाइँ कम भएको उनको भनाइ छ […]

मुख्‍य समाचार समाज

कृषि प्रधान नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

१६ असार ,काठमाडौं । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौं पूरानो हो । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे । धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर […]

मनोरन्जन मुख्‍य समाचार

‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक

१६ असार ,काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’बाट सार्वजनिक गरिएको हो। भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले […]

मुख्‍य समाचार समाज स्वास्थ्य

कैलालीमा रगत अभाव

१६ असार , गोदावरी कैलाली। धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ । उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना […]

मनोरन्जन मुख्‍य समाचार

‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित

१६ असार , काठमाडाँै। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गरेएको हो । बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र […]

मुख्‍य समाचार समाज

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

१६ असार ललितपुर। भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले राससलाई बताए । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा […]