२२ श्रावण २०८३, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

२५ साउन, काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ […]

अर्थ मुख्‍य समाचार समाचार

शून्य बचत खाता बापतको विमा रकम दुई बर्षपछि मात्र

२५ साउन, मुगु । एनआईसी एसिया बैंकले दुई बर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजना अन्तर्गत शून्यबचत खाता खोलेका बचतकर्ताको दुर्घटना बिमा बापतको १० लाख रकमको चेक हस्तान्तरण गरिएको छ । दुई बर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ वचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका बचतकर्ता छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाँउका गोर्खसिंह खड्काकी श्रीमती मायादेबी खड्कालाई एनआईसी […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

‘देशभरका आदिवासी जनजाति लोकतान्त्रिक चरित्र र स्वभावका छन्’ : ओम घर्तीमगर

२५ साउन, काठमाडौँ । हामीले पहिचानको मुद्दा र यसको औचित्यबारे हरेक कार्यक्रममा स्पष्ट पार्ने गरेका छौं । कतिलाई पहिचानभनेको के हो भन्ने नै थाहा छैन् । त्यहीभएर पनिविभिन्न समस्याहरु आइरहेका छन् । पहिचानलाई हामीले सभ्यतासँग जोड्नुपर्छ । त्यसो भयोभने मात्र उद्देश्यमापुग्नसकिन्छ । ओम घर्तीमगर अध्यक्ष नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ओमबहादुर घर्तीमगर एक सक्रिययुवाअभियन्ताएवम नेताहुन् […]

फोटो फिचर मुख्‍य समाचार समाज

नागलाई खुसि पार्ने पर्व (फोटो फिचर)

२५ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नागका […]

मुख्‍य समाचार राजनीति समाचार

१० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन कांग्रेस नेतृ  डिला संग्रौलाको प्रस्ताव

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् । त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन् । बिहीबार सानेपामा जारी नेपाली […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

२५ साउन, काठमाडौं । ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी […]

मुख्‍य समाचार समाचार समाज

निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम  कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ भएको  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने  कार्यक्रमबारेको छलफलमा प्रधानमन्त्री ओलीले राज्यको बजेट न्यून भएको अवस्थामा […]

मुख्‍य समाचार विचार समाज

नागपञ्चमीः किनगर्नेनागको पूजा?

भोलानाथ घिमिर वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ ।वर्ष दिनमादुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो । साउनमहिना वैदिक सनातनहिन्दु धर्मावलम्बीहरुको पवित्रमहिनाभएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ ।  कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ । आज अमेरिकी डलर एकको खरिद […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२५ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको देखिन्छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा […]

मुख्‍य समाचार समाचार समाज

माछापालनप्रति किसानको आकर्षण बढ्दो

२५ साउन,  मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न […]

मुख्‍य समाचार समाचार

घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२५ साउन, काठमाडौँ ।  बाजुरामा घरको भर्‍याङबाट लडेर एक पुरुषको मृत्यु भएको छ । बिहिबार बुढीनन्दा नगरपालिका – ७ खड्कावाडाका ४५ वर्षीय रण बहादुर खड्काको भर्‍याङबाट लडेर मृत्यु भएको हो । उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।