२२ श्रावण २०८३, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार

‘बुलाकी’ युनिटको नौलो प्रचार शैली, दर्शक तान्न टोल टोलमा कार्यक्रम

२५ साउन, काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ । नौलो र भिन्न प्रचारशैली पछ्याउँदै ‘बुलाकी’ युनिट यतिबेला राजधानीका विभिन्न स्थानमा पुगेर सडक नाटक, […]

मुख्‍य समाचार समाचार

सामुदायिक वन विकास कार्यक्रमले ३३ लाख घरधुरी लाभान्वित छन्ः मन्त्री शाही

२५ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन् । शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र  उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र  सदुपयोग गरिरहेको बताएका हुन् । उनले भने, ‘वन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

लमजुङमा श्रमदानबाट रोपाइँ

२५ साउन, सुन्दरबजार । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् । दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए । गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

जापानका प्रधानमन्त्री किशिदाद्वारा विदेश भ्रमण रद्द

२५ साउन, जापान । जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्वविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गरेका छन् । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका कारण बिहीबार आठ जना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए) ले बिहीबार परामर्श जारी गरेको हो । किशिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्बेकिस्तान र मङ्गोलियाको भ्रमण […]

मुख्‍य समाचार समाचार समाज

तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति

२५ साउन, काठमाडौँ । धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दै त्यसप्रति विरोध जनाएका छन् । लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विपति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बजेटको अभावले औद्योगिकग्राम अलपत्र

२५ साउन, म्याग्दी । बजेट अभावमा म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिको नौलीबराह डिम्मरचौरमा निर्माणाधीन औद्योगिकग्राम अलपत्र परको छ । संघीय सरकारको अनुदानमा गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि थालेको पूर्वाधार निर्माण बजेटको अभावले रोकिएको हो । योजना र बजेटले निरन्तरता नपाउँदा सुरु गरेको औद्योगिक ग्राम निर्माणलाई पूर्णता दिन समस्या भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए […]

मुख्‍य समाचार समाचार समाज

‘तलब थोरै भएपछि कर्मचारीमा मनपरी भत्ताको विकृति आयो’

२५ साउन, काठमाडौँ । हामीले तलब आयोग मार्फत अध्ययन गर्दा निजामती कर्मचारीको तलबमा धेरै कमी–कमजोरी र असमानता देखियो । प्रतिवेदनमा सुधारका लागि लेखेर नै दिएका छौं । नेपालमा मर्यादाक्रमको सूची तयार गरिएको छ । त्यो लामो लिष्ट छ, हामीले हेर्दा मर्यादाक्रम अनुसार तलब सुविधा मिलेको छैन । मर्यादाक्रम र तलब मिल्नुपर्ने हो-होइन छुट्टै विषय भयो […]

मुख्‍य समाचार समाचार समाज

महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

२५ साउन, वीरगञ्ज । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत […]

मुख्‍य समाचार समाचार समाज

माछापालनप्रति किसानको आकर्षण बढ्दो

२५ साउन, मध्यविन्दु । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न सक्ने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ढोरपाटनमा सामूहिक स्याउखेती

२५ साउन, गलकोट । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ । ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउखेती गर्न थालेका छन् । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

स्थानीय तहले आलु खरिद गरेपछि किसानलाई राहत

२५ साउन, पर्वत । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । रु १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ । जलजला–६ शालिजाका तीन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुरमा चितुवाको त्रास

२५ साउन, टीकापुर । एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उहाँले नागरिकलाई नआत्तिन आग्रह गरे । […]