२२ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

शेख हसिनाले दिइन् प्रतिक्रिया : आन्दोलनमा विदेशी शक्तिको हात

२७ साउन, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’ बंगलादेश […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

२७ साउन, प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले यसअघि शीतलनिवासमा भेटवार्ता गरिसकेका छन्। मिस्रीले अर्थ, सहरी विकास र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ

२७ साउन, काठमाडौं । काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् […]

मुख्‍य समाचार समाचार समाज

जग्गा विवादमा महिलाको हत्या, श्रीमान पक्राउ

२७ साउन, विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ । सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जलवायु परिवर्तन असर न्यूनिकरणमा नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति

२७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

आयरल्याण्डमा भएको झडपमा १० प्रहरी घाइते

२७ साउन, आयरल्याण्ड । उत्तरी आयरल्याण्डको प्रहरीले लण्डनडेरीमा आइरिस एकता पक्षधर युवाहरूले शनिबार रातभर गरेको दङ्गामा १० जना प्रहरी घाइते भएको जनाएको छ। डेरी सिटी र स्ट्राबेनका प्रहरी सुपरिटेन्डेन्ट विलियम काल्डरवुडले भन्नुभयो, “हामीले देखेका दृश्यहरू घृणित थिए।” उनले भने, “हिंसाका कारण हाम्रा अधिकारीहरू घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको […]

मुख्‍य समाचार समाचार समाज

विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलन

२७ साउन, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न रु २५ लाख सङ्कलन गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग सङ्कलन अभियान थालिएको हो । विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय […]

मुख्‍य समाचार राजनीति समाचार

श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

२७ साउन, काठमाडौं ।श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गरेको हो । कार्यक्रममा श्रममन्त्री भण्डारीले […]

मुख्‍य समाचार समाचार समाज

भारतीय विदेश सचिवले गरे नेपाल भाषा परिषद् भवन उद्घाटन

२७ साउन, काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो भवन भारत सरकारको अनुदानमा निर्माण गरिएको […]

खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा

२७ साउन, काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् । फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

रचना, शान्तिश्री, करिष्मा र ज्योतिको धुनमा नाच्यो बोस्टन

२७ साउन, काठमाडौं । गायिक रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्नेगरी नचाएको आयोजकले जनाएको छ । । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाल अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र

२७ साउन, काठमाडौँ । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो । […]