२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

४९ वर्षीय महिला र २३ वर्षीय युवकबीच ‘प्रेम सम्बन्ध’, विवाहको प्रस्तावपछि महिलाको हत्या

२७ साउन, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या ‘प्रेम सम्बन्ध’का कारण भएको खुलेको छ। साउन २२ गते राति सानीभेरी–४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या भएको थियो। मल्लको शव २३ गते बिहान ८ः१५ बजे आफ्नै घरको कोठामा फेला परेको थियो। सुशीलाको हत्या आरोपमा प्रहरीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका– […]

समाचार

‘सक्किगोनि’का इन्सपेक्टर आचार्यसहित तास खेलिरहेका ११ जना पक्राउ

२७ साउन, काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको स्रोतले जानकारी गराएको छ । काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेको […]

समाचार समाज सुदूरपश्चिम

कैलालीमा चट्याङ लागेर १० जना घाइते

२७ साउन, काठमाडौं । कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका हुन् । प्रहरीका अनुसार आइतबार बेलकी उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा स्थानीयहरु घर अगाडि अमट्टाको रूखमुनि टेन्ट हाली खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा घाइते भएका हुन् । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

२७ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार अपरान्ह भएको भेटमा नेपाल र भारतबीच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवब्क्रा बसन्तप्रसाद पन्थीले जानकारी दिए ।आइतबार बिहान नेपाल भ्रमणमा आएका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्ड देखाउँदैछन् हसिना र आफूलाई हटाउने ‘समुद्रपारिको शक्ति’

२७ साउन, काठमाडौँ । नेपालका कतिपय नेताहरु आफ्नो उत्थान र अधोगतिमा बाह्य चलखेल कारक हो भन्ने कुरा जुन हदसम्म विश्वास गर्छन्, त्यति विश्वास त स्वयं आफ्नै क्षमता/अक्षमतामाथि पनि गर्दैनन् । अघिल्लो महिना प्रधानमन्त्री गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार यस्तै दाबी गरे । पार्टीका पदाधिकारीले सुनाए अनुसार प्रचण्डले बैठकमा भने : ‘तपाईंहरुले भर्खरै […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

फैलँदो हैजा संक्रमण, ४७ जनामा पुष्टि

२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानमा हैजा संक्रमण फैलँदो क्रममा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यसवर्ष ४७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । महाशाखाका अनुसार ललितपुरमा मात्रै ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा २–२ जना र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एचआईभी संक्रमितको यौन जीवन : कति सहज, कति सुरक्षित ?

२७ साउन, कञ्चनपुर । कञ्चनपुरका ३० वर्षीय किरण वली (नाम परिवर्तन) एचआईभी संक्रमित हुन् । संक्रमित भएपछि यौन जीवनमा परिवर्तन भएको उनी बताउँछन् । ‘एचआईभी यौन सम्पर्क मार्फत सर्ने रोग हो भन्ने धारणाले गर्दा समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नै फरक छ ।  त्यसैले मलाई यो विषयमा अरूसँग कुरा गर्न नै अप्ठ्यारो महसुस हुन्छ,’ उनी भन्छन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विज्ञ टोलीले श्रम मन्त्रालयलाई बुझायो श्रम आप्रवासन नीतिको मस्यौदा

२७ साउन, काठमाडौं। विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम मन्त्रालयलाई बुझाएको छ । श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीलाई बुझाएको हो । मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयहरु समेटिएको छ । विज्ञ […]

अनौठो संसार मुख्‍य समाचार समाचार समाज

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

२७ साउन, काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो । जसमा पतिले पत्नीलाई अर्कैसँग साट्न खोज्दा उनी भागेर प्रहरीसँग पुगेपछि यो ठूलो सञ्जालको रुपमा रहेको खुल्न आएको हो । भारतको भोपालकी नवविवाहित २१ वर्षीया महिला भागेर प्रहरीमा पुगेपछि घटना बाहिर […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

साइबर सुरक्षा नीतिका प्रावधानमाथि सरोकारवालाको प्रश्न

२७ साउन, काठमाडौं । सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० का विभिन्न व्यवस्थाहरूमाथि प्रश्न उठेको छ । नेपाललाई साइबर आक्रमणबाट जोगाउने र इन्टरनेटलाई सुरक्षित राख्ने लक्ष्य राख्दै सरकारले पोहोर २६ साउन ०८० मा जारी गरेको नीतिले गरेका कतिपय व्यवस्था लोकतन्त्र र संविधानको मर्म र मानव अधिकार प्रतिकूल रहेको भन्दै विरोध हुन थालेको छ […]

मुख्‍य समाचार समाचार समाज

‘३० वर्षे’को साइड इफेक्ट : नेपाल प्रहरी र सशस्त्रका १ सय ८ जना उच्च अधिकृतहरू अवकाशमा जाँदै

२८ साउन, काठमाडौँ । नेपाल प्रहरी (जनपद समूहतर्फ) र सशस्त्र प्रहरीमा ठुलो सङ्ख्यामा उच्च अधिकृतहरू अवकाशमा जाँदै छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन् । माओवादीले २०५२ सालमा सशस्त्र विद्रोह सुरु गर्दा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएर उनीहरू तालिम गर्दै थिए । १०५ टोली […]

मुख्‍य समाचार समाचार समाज

१८ वर्ष मुनिका पौने ३ लाख बालबालिका विदेशमा

२७ साउन, काठमाडौं । २०७८ सालको जनगणना अनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेको देखिन्छ । तीमध्ये पौने ३ लाख बालबालिका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक अनुसार अक्सर विदेश बसोबास गर्ने जनसंख्याको १२.६ प्रतिशत बालबालिका छन् । विदेशमा बसोबास गर्ने […]