२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

हवाई सुरक्षाबारे मन्त्री पाण्डेले लिए सुझाव

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन् । छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएको हो। त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य […]

मुख्‍य समाचार राजनीति समाज

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे  बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ ।  त्यसैगरी आजको लागि युरोपियन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

बंगलादेशमा छिटो चुनाव गराउन हसिनाका छोरा सजीबको चेतावनी

२८ साउन,  एजेन्सी । बंगलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बंगलादेशमा अन्तरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाएका छन्। उनले निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिए। प्रधानमन्त्री पदबाट राजीनामा दिई ७६ वर्षीया शेख हसिना गत सोमवार मित्र राष्ट्र भारततर्फ गएकी […]

मुख्‍य समाचार समाचार समाज

पहिरो गएर दुई घर भत्किए

२८ साउन,  काठमाडौँ । बैतडीमा हिजाे पहिरो गएर दुई घर भत्किएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् । चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीय प्रदीपकुमार जोशीले बताए । घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । मानवीय तथा चौपाया क्षति […]

मुख्‍य समाचार समाचार

१० टन चिनीसहित ट्रक प्रहरी नियन्त्रणमा

२८ साउन,  काठमाडौँ ।  सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका-५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो । बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

ग्लोबल टी-२० लिग : रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

२८ साउन,  काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलआबद्ध टोरोन्टो नेशनल्सले क्यानडाको ग्लोबल टी-२० लिग उपाधि जितेको छ । फाइनलमा साबिक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टोले उपाधि जितेको हो । ९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गर्‍यो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र […]

मुख्‍य समाचार राजनीति समाचार

‘प्रचण्ड’ र नारायणकाजीले सुन तस्करको जस्तो व्यवहार गरेको पूर्वसभामुख घर्तीको गुनासो

२८ साउन,  काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूमाथि सुन तस्करीको आरोप लागेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फोन नउठाएकोमा गुनासो पोखेकी छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको तेस्रो दिन हिजाे आइतबार घर्तीले उक्त गुनासो राखेकी हुन् । […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

२८ साउन, काठमाडौँ ।  प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय मिश्रीले भेटवार्ता गरेका छन्। भेटमा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा भएको भेटवार्तामा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको छ। भेटमा नेपाल तथा भारतका अधिकारीहरूसमेत सहभागी थिए। दुईदिने भ्रमणका लागि हिजाे […]

मुख्‍य समाचार समाचार

आज साउनको अन्तिम सोमबार : पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

२८ साउन, काठमाडौँ ।  पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, […]

मुख्‍य समाचार समाचार

आज मध्यमदेखि भारी वर्षाको सम्भावना

२८ साउन काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी […]

मुख्‍य समाचार समाचार

मोटरसाइकल गाईसँग ठोक्किदा एक जना घाइते

२७ साउन,धनगढी ।कैलालीको धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ कालीका चोकमा मोटरसाइकल गाईसँग ठोक्किदा २१ वर्षीय ववि चौधरी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार राति हुलाकी राजमार्गको कालीका चोकमा गाईसँग मोटरसाइकल ठोक्किएको हो। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ।