७ चैत्र २०८२, शनिबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित

१८ असार, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७५-७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिए । उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट रु छ करोड […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न

१८ असार, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए । निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट संचालन भएका योजनाहरुको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी […]

मुख्‍य समाचार समाचार समाज

शिक्षण पेसा छोडेर बाख्रापालनमा रमाइरहेका राई

१८ असार, धरान सुनसरी । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

१८ असार, पाकिस्तान । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताएका छन् […]

मुख्‍य समाचार राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

१८ असार, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार […]

मुख्‍य समाचार राजनीति

रास्वपा नयाँ सरकारमा नजाने, मन्त्रीहरुलाई फिर्ता बोलाउने

१८ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने वित्तिकै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । उनले भने, ‘नेपालको राजनीतिमा एकखालको अस्थिरता, चलखेलहरु भइरहन्छ । […]

मुख्‍य समाचार राजनीति समाचार

संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि सहमति बनेको हो’

१८ असार , काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले  संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि सहमति भएको बताएका छन् । मंगलबार सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि गएर सहमति भएको सुनाए । उनले आर्थिक स्थिरता र विकास निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सहमति […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत […]

मुख्‍य समाचार समाचार समाज

मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा

१८ असार, चितवन । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

१८ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

१८ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म एक सय १८ महिला र दुईजना बालिकाले सेवा पाएका हुन् । सेफ हाउसमार्फत हिंसाजन्य घटनामा परेका महिला र बालिकालाई आश्रय दिई न्यायका लागि पहल हुँदै आएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

१८ असार, काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने […]