धनगढीमा गौरा महोत्सव हुँदै
२ भदौ, धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो। धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए। गौरा पर्वको महत्व झल्किने गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उनले बताएका […]











