७ चैत्र २०८२, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

१९ असार, बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा […]

खेलकुद मुख्‍य समाचार समाज

प्रदेश स्तरीय कबड्डीमा सुनसरी अगाडि

१९ असार , विराटनगर । मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

१९ असार, म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा […]

राजनीति समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

१९ असार , काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ । […]

मुख्‍य समाचार समाचार समाज

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’

१९ असार, नवलपरासी । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , […]

अर्थ मुख्‍य समाचार समाज

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

१९ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अभिभावकले आनीबानी सुधार गरेपछि …

१९ असार, टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं ६ बेलुवाबोझीकी पार्वतीदेवी चौधरीले छ महिनाअघिसम्म आफ्ना बालबालिकाले काम बिगार्दा गाली गरे । राम्ररी पढेनन् भनेर रिसाउने, गाली गरेर काममा लगाउने उनको बानी पछिल्लो समय फेरिएको छ । समुदायमा सञ्चालन भएको सकारात्मक अभिभावकत्व कक्षामा ८ हप्तासम्म सहभागी भएपछि उनको व्यवहार बदलिएको छ । उनले आजभोलि आफ्ना […]

मुख्‍य समाचार समाज

यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

१९ असार , काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम […]

मुख्‍य समाचार समाचार समाज

झापामा हात्तीको त्रास, चालु आवमा ६ जनाको मृत्यु

१८ असार, झापा । मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९:३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो”,घाइते भीममायाका […]

मुख्‍य समाचार समाचार समाज

योगिनी एकादशी व्रत: पाप नाश भई पुण्य पाइने विश्वास

१८ असार, काठमाडौँ । आषाढ कृष्णपक्षमा पर्ने योगिनी एकादशीको व्रत बस्नाले पाप नाश गर्ने विश्वास छ । यस दिनमा बिहान स्नान, प्राणायाम, सन्ध्यावन्दन गरी लक्ष्मीनारायण भगवान्को पूजा गर्नाले पुण्प्राप्त हुने जनविश्वास छ । हरिको दिन भएकाले खानुहुँदैन र यसोगर्दा शरीर स्वस्थ हुने धार्मिक विश्वास छ । कुवेरको सेवक हेममालीले शिव पूजा गर्न कुवेरलाई दैनिक फूल […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल

१८ असार, काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये विभिन्न सात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको छ । बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद कमला पन्तले कुनै पनि व्यक्तिलाई […]

प्रदेस समाचार प्रवास मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पामा अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

१८ असार, पाल्पा । पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् । गत वैशाखामा भएको आगलागीबाट […]