७ कार्तिक २०८३, शुक्रबार
अर्थ मुख्‍य समाचार

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

३ भदौ , काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो । आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन हालसम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार […]

मुख्‍य समाचार समाज

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु

३ भदौ , काठमाडौं । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो ।‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका(५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले […]

मुख्‍य समाचार समाज

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित 

 ३ भदौ , गुल्मी । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् । कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या […]

मुख्‍य समाचार समाज

ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

३ भदौ ,काठमाडौँ । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् । उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ […]

मुख्‍य समाचार

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल

३ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन”, […]

मुख्‍य समाचार सूचना प्रविधि

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

३ भदौ ,काठमाडौँ ।  सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो । […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कोशी प्रदेशस्तरीय सडक गुरुयोजना बनाइने

३ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब छ हजार किलोमिटरको सडक सञ्जालको गुरुयोजना […]

मुख्‍य समाचार सूचना प्रविधि

विचार– सूचनाको हकसम्बन्धी ऐनको १७ वर्षः नागरिक अधिकार कार्यान्वयनको लेखाजोखा

३ भदौ , काठमाडौँ । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ […]

मुख्‍य समाचार समाचार समाज

जनैपूर्णिमा : गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

३ भाद्र, मध्यविन्दु  । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

३ भाद्र,काठमाडौँ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए । गए राति गएको पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु भएको उनले बताए । […]

मुख्‍य समाचार समाचार

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

३ भाद्र, काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै एक घरमा आज बिहान आगलागी भएको छ । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हाछेथुको भनाई छ । आगलागी […]

मुख्‍य समाचार समाचार समाज

किन खाइन्छ क्वाटी, के छ फाइदा ?

३ भाद्र, काठमाडौं । जनै पूर्णिमा अर्थात रक्षा बन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।  आजको दिन प्रत्येक दाजुभाइ दिदीबहिनीले दाजुुभाइलाई रक्षाबन्धन बाधेर यो पर्व मनाउने गर्छन् । जसले उनीहरूको सुरक्षाको प्रत्याभ्रति दिने विश्वास गरिन्छ । त्यस्तै, आजकै दिन विशेषगरी क्वाँटी खाने परम्परा छ । दुई दिन गेडागुडी भिजाएर जनै पूर्णिमाको दिन क्वाँटी बनाइन्छ । […]