७ कार्तिक २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री एस जयशङ्करबिच भेटवार्ता

३ भदौ ,काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मन्त्री भएपछि डा.राणा पहिलो पटक विदेश भ्रमणमा निस्किएकी हुन् । दिउँसो भएको भेटका क्रममा जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी […]

मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

३ भदौ , काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले   रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम्  रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको  राष्ट्रपति कार्यालयले जनाएको छ ।

खेलकुद मुख्‍य समाचार

एक महिनामै उप्कियो रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’

३ भदौ ,जानकी (बाँके) । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रङ्गशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका […]

खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

३ भदौ , काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आज बिहानीका करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतित गर्नुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा […]

मुख्‍य समाचार समाज

तनहुँमा सोह्र हजार निजी धारा जडान

३ भदौ ,तनहुँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो । निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी  […]

मुख्‍य समाचार समाज

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

३ भदौ , राँझा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला सङ्घ बाँकेकी अध्यक्ष निर्मला सुनारले […]

मुख्‍य समाचार विचार

संविधान संशोधन गरेर जनताको अधिकार खोसिन्छ भन्ने हल्ला गलत ः मन्त्री सिंह

३ भदौ ,काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल भएको जिकिर गरे। ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर […]

समाचार समाज

सातौँ विश्व संस्कृत दिवस मनाइँदै

३ भदौ , काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्व संस्कृत दिवसको सातौँ संस्करण नेपालसहित विश्वका विभिन्न देशमा […]

अर्थ मुख्‍य समाचार समाज

तनहुँमा करिब रु आठ करोड विद्युत् बक्यौता

३ भदौ , दमौली (तनहुँ)। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु तीन करोड ९७ लाख ६६ हजार छ सय ६० […]

मुख्‍य समाचार समाचार समाज

मिथिलाक्षेत्रका शिवालयमा साउने मेला समापन हुँदै

३ भदौ , महोत्तरी । शिव आराधना र भक्तिको साउने मेला आज सकिँदैछ । साउनको अन्तिम सोमबारको अवसरमा आज महोत्तरीसहितका मधेशका मिथिलाक्षेत्रका शिवालय श्रद्धालु भक्तजनले भरिभराउ छन् । सौरमास गणनाले गत शुक्रबार साउन सकिए पनि चन्द्रमास गणनाले आज साउन पूर्णिमा भएको हुँदा आज साउने मेला समापन गरिन्छ । चन्द्रमास गणनामा साउनको अन्तिम सोमबारका अवसरमा आज […]

मुख्‍य समाचार समाज

गैर आवासीय नेपाली नागरिकतालाई दोहोरो नागरिकता भन्न नमिल्ने

३ भदौ , लन्डन । बेलायतमा बसोबास गर्दै आएका नेपाली पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा लण्डनको उलविचमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सेमिनार आयोजना गरिएको छ। एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित सेमिनारमा ‘नेपालमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि प्रावधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सर्वोच्च अदालतका न्यायाधीश  डा.मनोज कुमार शर्माले  […]