७ चैत्र २०८२, शनिबार
अर्थ मुख्‍य समाचार

कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

१९ असार , काठमाडौँ । सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन् ।

मुख्‍य समाचार

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग

१९ असार , काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न माग गरेका छन् । विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् । बैठकमा सांसद पदमबहादुर परियारले शिक्षा क्षेत्रमा अहिलेको आवश्यकताअनुसार बजेट विनियोजन नभएको उल्लेख गर्दै सोह्रौँ […]

मुख्‍य समाचार समाज

मनाङको बाटो सधैँ जोखिमपूर्ण

१९ असार , मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसिशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ । मनाङ […]

राजनीति समाचार समाज

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

१९ असार, काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

राजनीति विचार समाचार

बैठक लाइभ हुँदैन्, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा

१९ असार ,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले  केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् । बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्विकार गरेको बताए । उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि […]

राजनीति

मुखमा टेप टाँसेर विरोधमा उत्रिए रास्वपा प्रवक्ता ढकाल

१९ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर पार्टीको केन्द्रीय समितिको बैठकमा सांकेतिक विरोध जनाएका छन् । समीक्षा यात्राको प्रतिवेदनका विषयहरु सार्वजनिक गरेपछि विवादमा परेका महामन्त्री ढकालले केन्द्रीय समितिको लाइभ हुनुपर्ने माग राखेका थिए । तर, पार्टी सदस्यहरुले लाइभ गर्न नहुने भनेपछि […]

मुख्‍य समाचार विचार

वचत फिर्ता नहुनु नै सहकारी क्षेत्रको ठूलो समस्या हो : अध्यक्ष गिरी

१९ असार , काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारीमा देखिएका समस्याहरु समाधान गर्न सरकारले अपनाएको नीति तथा कार्यक्रम तथा बजेटले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् । नेपाल न्युज बैंकसँग कुराकानी गर्दै अध्यक्ष गिरीले अगामी आर्थिक वर्षको बजेटमा समेत सहकारीमा सुधार गर्ने कार्यक्रमहरु ल्याइएको भएपनि कार्यान्वयनमा चुनौति रहेको बताएका हुन् । कार्यान्वयन […]

मुख्‍य समाचार समाज

अपाङ्गता भएका दश जनालाई उन्नत जातका बाख्रा वितरण

१९ असार , तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय […]

मुख्‍य समाचार समाज

किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण

१९ असार , घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिकाले कृषि व्यवसायमा आवद्ध किसानका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गरेको छ । कृषि व्यवसायलाई प्रबद्र्धन गर्न किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाल नीति तथा कार्यक्रममै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर काम गरेको हो । कृषिबाट नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्ने लक्ष्य […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

१९ असार, गाजा । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

चिनियाँ राष्ट्रपति सी कजाकिस्तानको राजकीय भ्रमणमा

१९ असार , काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङ यतिबेला कजाकिस्तानको राजकीय भ्रमणमा छन् । राष्ट्रपति सी मंगलबार संघाई सहयोग संगठन (एससीओ) को राज्य प्रमुखहरूको २४औँ बैठक र कजाकिस्तानको राजकीय भ्रमणका लागि अस्ताना पुगेका हुन् । राष्ट्रपती सीको कजाकिस्तानको यो पाँचौं भ्रमण हो । यस भ्रमणले चीन–काजाकिस्तान सम्बन्धलाई अझ प्रगाढ र स्तरोन्नति गर्ने र दुई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा सहिदको स्मृतिमा उद्यान निर्माण

१९ असार, बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो । सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको सम्मानका लागि उद्यान निर्माण गरिएको काठेखोला–१ वडाध्यक्ष खड्क थापाले बताए । उनका अनुसार उद्यानमा सशस्त्र द्वन्द्वका […]