२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

वन्यजन्तु आतङ्कले बाली जोगाउनै मुस्किल

२९ साउन, काभ्रेपलाञ्चोक । वन्यजन्तुले बालीमा क्षति पु-याएपछि यहाँको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन् । बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीयवासी पुगेका हुन् । वन्यजन्तुबाट अन्नबालीमा मात्र नभइ मानिसलाईसमेत खतरा भएपछि उनीहरु वडा कार्यालय र जनप्रतिनिधिकहाँ गुनासो लिएर पुगेका हुन् । वडाध्यक्ष दलबहादुर तामाङले वन्यजन्तुबाट मान्छेकै ज्यान खतरामा परेको बताउनुभयो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा भएको झडपमा तीनजनाको मृत्यु भएको तालिबानको दाबी

२९ साउन, पाकिस्तान । तालिबान अधिकारीहरूले मङ्गलबार उत्तरी सीमामा भएको झडपमा पाकिस्तानी सेनाले एक महिला र दुई बच्चासहित तीन जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् ।अफगानिस्तानको नङ्गरहार प्रान्तको तोरखाम सीमा नजिकै सोमबार दुई देशबीच झडप भएको हो । सन् १८९६ मा बेलायतीहरुले कायम गरेको काबुलद्वारा विवादित २४०० किलोमिटर सीमा क्षेत्रमा कोरिएको डुरान्ड रेखा नजिकै […]

मुख्‍य समाचार राजनीति

प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु

२९ साउन, काठमाडौँ । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन […]

मुख्‍य समाचार समाचार समाज

ठगीको अभियोगमा महिला पक्राउ

२८ साउन, काठमाडौँ । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन्द रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार

२९ साउन, दमौली । तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गु परीक्षण र लक्षित वर्गलाई […]

मुख्‍य समाचार समाचार

पहिरोमा परी ज्यान गुमाएकाका ११ परिवारलाई राहत

२९ साउन, ढोरपाटन । गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका परिवारलाई रु दुई लाख उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमा नै […]

मुख्‍य समाचार समाचार समाज

सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान

२९ साउन, खोटाङ । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

२९ साउन, बङ्गलादेश । बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ। मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ । गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले […]

मुख्‍य समाचार समाचार

राजधानी जान न प्लेन, न बस

२९ साउन, धनगढी  । सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ । लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ । जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पुरुष यौनाङ्गको संक्रमण कति जोखिमपूर्ण ?

२९ साउन, काठमाडौँ । पुरुषमा यौनाङ्ग पोल्ने समस्या सामान्य एलर्जीको प्रतिक्रियादेखि गम्भीर यौन प्रसारित रोगका कारण हुनसक्छ । कतिपय अवस्थामा पिसाब सङ्क्रमणका कारण पनि यौनाङ्ग पोल्न सक्छ । यदि कुनै गम्भीर समस्या छैन तर चिलाउने मात्र गर्छ भने त्यो भित्री बस्त्रको कारणले पनि हुनसक्छ । विशेषगरी गर्मी मौसममा लगाइरहेको भित्री बस्त्र पसिनाले भिज्ने र ओसिलो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेशका मुख्यमन्त्री सिंहले गरे सबै ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै  ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । २० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालको बैठकमा अभिमुखीकरण तथा प्रशिक्षण दिइँदै

२९ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ । आजको बैठकमा ‘नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा’ विषयमा नेताहरुलाई प्रशिक्षण दिइने सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । […]