७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाज

प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा थप परामर्श गर्ने

२० असार , काठमाडौं । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ । बिहीबर समितिल प्रधानविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए । उनले भने,‘उहाँहरुले आफ्नो कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । अहिलेका लागि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अफ्रिकी किशोरीलाई गर्भावस्थापछि शिक्षामा पहुँचका लागि राष्ट्रसङ्घको आह्वान

२० असार, अफ्रिका । संयुक्त राष्ट्रसङ्घका दुई एजेन्सीहरूले बुधबार पूर्वी र दक्षिणी अफ्रिकी देशहरूलाई गर्भवती बालिकाको शिक्षाको अधिकारको रक्षा गर्न कानूनी तथा नीतिगत योजना बनाउन र लागु गर्न आह्वान गरेका छन् । पूर्वी र दक्षिणी अफ्रिकामा युनिसेफका क्षेत्रीय निर्देशक एटलेभा कादिली र पूर्वी अफ्रिकामा युनेस्कोका क्षेत्रीय निर्देशक अलेक्ज्यान्ड्रोस मकारिगाकिसले आधा अफ्रिकी देशले मात्र गर्भवती बिशोरीले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

घट्दैछ वीरगञ्ज भन्सारको राजस्व

२० असार, पर्सा । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकि गत वर्षको सोही अवधिमा भने रु छ खर्ब […]

मुख्‍य समाचार समाचार समाज

निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ

२० असार, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताएका छन् । नयाँ संविधान जारी भएपछि पनि सङ्घीय निजामती सेवा ऐन लामो समयसम्म संशोधन नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले स्वीकार गरे । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये सङ्घीय मामिला तथा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा : बाढीपीडितलाई समयमै राहत दिन माग

२० असार, काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए । राष्ट्रियसभा सदस्य सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए । उनले गत कात्तिकमा […]

मुख्‍य समाचार समाज

मन्त्री चौधरीले सार्वजनिक गरिन १२० दिनका उपलब्धी

२० असार , काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिएका छन् । । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

मौरी विकास पकेट क्षेत्रमा अनुदानमा लिचीका बिरुवा

२० असार, कञ्चनपुर । मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर जिल्लाको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय बिरुवा वितरणको गरेको छ ।नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो । बजारमा लिचीका प्रतिबिरुवाको मूल्य रु दुई सय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ : पुटिन

२० असार, रुस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उनले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गरेका छनु । रूसी नेता पुटिनले चिनियाँ राष्ट्रपतिसीसँगको छलफलमा साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताएका छन् । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु

२० असार, बेलायत । संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ । मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ । सबै प्रमुख दलहरूको छ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ । इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका […]

मुख्‍य समाचार समाचार समाज

उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

२० असार, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरी नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ छात्र तथा छात्रालाई रु एक लाख छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत, द्वितीय हुनेलाई […]

मुख्‍य समाचार राजनीति

राजीनामा दिने निर्णय भएको छैनः मन्त्री यादव

२० असार, काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले परिवर्तित राजनीतिक घटनाक्रमअनुसार पार्टीले नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय गरेको बताए । यद्यपि, पार्टीको पदाधिकारी बैठकले समर्थन फिर्ता लिने निर्णय […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

२० असार,जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा रु ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले […]