७ कार्तिक २०८३, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

आईसीसी महिला टी–२० विश्वकप बंगलादेशबाट युएई सारियो

५ भदौ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको […]

मनोरन्जन मुख्‍य समाचार समाचार

‘नरसिंहाः अवतार’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

५ भदौ, काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् । कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो […]

मुख्‍य समाचार समाचार समाज

आमरण अनसनको पहिलो रात बित्यो : राज्यको कुनै निकायको ध्यान पुगेको छैन’ 

५ भदौ, काठमाडौं । हुलाकी राजमार्गमा पर्ने भत्किएको कमला नदीको पुल पुनर्निर्माणको माग राख्दै १० जना युवाहरु आरमरण अनसनमा बसेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि हिजो आइतबारदेखि नै आमरण अनसन सुरु गरिएको छ । अनसनकारीहरुले झमझम वर्षाको बाबजुद निराहार रहेर टेण्ट मुनी एक रातकाटेका छन् । आमरण अनसन बस्नेहरुमा कमला पुल […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

५ भदौ, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

चंखेलीमा जीप दुर्घटना, पाँच जना घाइते

५ भदौ, मुगु ।  हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएकाे  छ । बुधबार बिहान ८ बजेको समयमा जीप दुर्घटना  हुँदा पाँच जना सख्त घाइते भएका छन्। कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खादेखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा ६ घण्टादेखि भारी वर्षा

५ भाद्र, काठमाडौं । कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ ।  जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ । मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२ मिलिमिटर […]

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

५ भाद्र, मड्रिड । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो । “मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,” उनको […]

मुख्‍य समाचार राजनीति समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

५ भाद्र,  काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र […]

मुख्‍य समाचार समाचार

प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेका छन् : महानिरीक्षक कुँवर

५ भाद्र, काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका छन् । मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरूले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसके पनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका हुन् । महानिरीक्षक कुँवरले नेपाल प्रहरी श्रीमती संघले […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

५ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ […]

मुख्‍य समाचार समाचार

घरायसी विवादमा श्रीमतीको हत्या

५ भाद्र, भद्रपुर (झापा) ।  झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । सामान्य घरायसी विवादमा आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै […]

मुख्‍य समाचार समाचार समाज

आज भारी वर्षाको सम्भावना

५ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको  छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा  भइरहेको छ । आज […]