७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी

२० असार , काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनेगरी कसरत भइरहेको नेताहरुले बताएका छन् । महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ । भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । सम्मानीत […]

मुख्‍य समाचार राजनीति

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

२० असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्र । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बाढीको त्रासमा भूजीखोलाका बाढीपीडित

२० असार, बागलुङ । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका–८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो । बाढीमा १५ जना अझै बेपत्ता छन् । पीडितले जसोतसो घर बनाएर […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई थप कार्यभार

२० असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन्र । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

२० असार , म्याग्दी । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी […]

मुख्‍य समाचार समाचार समाज

नयाँ पुस्तालाई देशभित्रै टिकाउन हाम्रो मुख्य चुनौती हो : आरजु देउवा

२० असार , काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको औंल्याएकी छिन् । उनले सबै मिलेर चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), शंकरदेव क्याम्पसले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बीबीए […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान

२० असार, झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए । उनका […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

२० असार, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार […]

मुख्‍य समाचार समाचार समाज

‘अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच पुर्‍याउन पहल गरिने’

२० असार, काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच पुर्‍याउन पहल गरिने बताएका छन् । जलवायु वित्तको प्रवाह बढाउन तथा पर्वतीय मुलुक र हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनका असरसँग जुध्न नेतृत्वदायी भूमिका निर्वाह गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । राष्ट्रियसभाको आजको बैठकमा भएको छलफलका […]

मुख्‍य समाचार राजनीति

निर्वाचन आयुक्त नियुक्ति : सुनुवाइ समितिले थप विमर्श गर्ने

२० असार, काठमाडौँ । मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ । समितिले आज उनीविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए ।

मुख्‍य समाचार समाचार समाज

डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

२० असार , काठमाडौं । देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ । ७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

२० असार, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताउनुभएको छ । रामेछापको मन्थली नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताए । “विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान सङ्ख्या […]