८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

२६ असार ,  काठमाडौँ  ।अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो । जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् । […]

मुख्‍य समाचार समाचार समाज

बेलौरीका बाढी प्रभावित परिवार घर फर्कँदै

२६ असार , कञ्चनपुर । बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन् । डुबानबाट विस्थापनमा परेका एक हजार पाँच सय परिवारमध्ये दुई सय परिवार घर फर्केका छन् । बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय […]

मुख्‍य समाचार समाचार समाज

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

२६ असार , तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको […]

मुख्‍य समाचार समाचार समाज

नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : नेता डा कोइराला

२६ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपश्चात नेता डा कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् । अस्पतालको पछिल्लो अवस्था, उपचार पद्दति […]

मुख्‍य समाचार समाचार समाज

अरनिको राजमार्ग पुनः अवरुद्ध

२६ असार , काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

मुख्‍य समाचार समाचार समाज

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

२६ असार , दमौली तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो । पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो । स्थानीयवासी सिद्धान्त थापामगरका […]

मुख्‍य समाचार समाचार समाज

टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

२६ असार , काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी […]

मुख्‍य समाचार समाचार समाज

पोखरामा पहिरोमा घर पुरिँदा मृत्यु

२६ असार , कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए […]

मुख्‍य समाचार समाज

नीतिगत समस्यामा मोबाइल व्यवसायमा, वार्षीक दुई अर्ब राजस्व गुम्दै

२६ असार , काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुगेको छ । २०१६ मा गठन भएको दूरसञ्चार विभागको […]

मुख्‍य समाचार समाचार समाज

१०५ नम्बर‘ पिलर’ कटानको उच्च जोखिममा

२६ असार , टीकापुर । नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ […]

मुख्‍य समाचार समाचार समाज

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

२६ असार , वीरगञ्ज पर्सा । पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने […]

मुख्‍य समाचार समाज

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

२६ असार , म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०-८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् । चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी […]