८ चैत्र २०८२, आईतवार
अर्थ मुख्‍य समाचार समाचार

सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

२७ असार, खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो । सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको […]

मुख्‍य समाचार राजनीति

विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

२७ असार, काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ […]

मुख्‍य समाचार समाचार समाज

महिनावारीमा हिंसा घटेको छ, हटेको छैन

२७ असार, झापा । “सुन्दर २२ सय २० दिनहरू स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरू भोकै–प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट सहारा पाइनँ […]

मुख्‍य समाचार राजनीति समाज

‘उथलपुथल’ मै वित्यो प्रचण्ड सरकार

२७ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै भाषा सापटी लिएर भन्ने हो भने २०७९–८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ । ०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ । राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्रदेशसम्म नै परिरहेको […]

मुख्‍य समाचार समाचार समाज

भद्रकाली मन्दिरको पुनर्निर्माण सुरु

२७ असार , काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनर्निर्माणको कार्य सुरु गरेको छ । महानगरले दक्षिण पश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान शुरु गर्ने निर्णय गरे बमोजिम आज उपमेयर सुनिता ढङ्गोलको उपस्थितिमा शिल्यान्यास गरेर पुनर्निर्माणको कार्य सुरु गरिएको हो । शिल्यान्यास पछि पञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर ढङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

एक अर्बको लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

२७ असार, चितवन । चितवनमा रु एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण

२७ असार, काठमाडौँ । मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष […]

मुख्‍य समाचार समाचार समाज

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

२७ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र२०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । यसैबीच, बैंकिङ […]

मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

हर्मोन सेवन र यौन अंग प्रत्यारोपणलाई कानुनले सम्बोधन गरेको छैन्

२७ असार , काठमाडौं । यौनिक अल्पसंख्यकबारे विशेष अध्ययन गरेमात्र वास्तविक तथ्य आउँ हर्मोन सेवन र यौन अंग प्रत्यारोपणलाई कानुनले सम्बोधन गरेको छैन् नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका लागि बहस हुने थालेको लगभग २५ बर्ष पुगेको छ । फरक लैङ्गिक पहिचान भएका हामी केही साथीहरु काठमाडौंको रत्नपार्कमा जम्मा भएर संगठित रुपमा अभियान सुरु […]

मुख्‍य समाचार राजनीति समाज

आधुनिक विश्वको बढ्दो प्रविधि सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा

२७ असार , काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधि क्षेत्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने भएका कारण आइसीटी क्षेत्रको विकासका लागि सरकारले नेपालको आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसीटीलाई समेत समावेश गरेको बताएकी छिन् । बिहीबार ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अगामी आर्थिक वर्षको बजेटमा २०८० […]

मुख्‍य समाचार राजनीति समाज

प्रधानमन्त्री दाहाललाई मत नदिन कांग्रेसको ह्विप

२७ असार , काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको शुक्रबारको  बैठकमा विश्वासको मत लिँदैछन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज आफ्ना सबै सांसदलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँमा किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

२७ असार, तनहुँ । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्तविक किसानको पहिचान गरी सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका […]