२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ झालाई थुनामा पठाउन आदेश

२ भदौं, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्त्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर […]

मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईको कलेजको सम्बन्धन खारेजी माग्दै डा. केसीले दिए सर्वोच्चमा निवेदन

२ भदौं, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग राखेर डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा. केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र […]

मुख्‍य समाचार समाचार समाज

धनगढीमा गौरा महोत्सव हुँदै

२ भदौ, धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो। धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए। गौरा पर्वको महत्व झल्किने गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उनले बताएका […]

मुख्‍य समाचार समाचार समाज

निजी क्षेत्रको भूमिकालाई संकुचित बनाउने काम हुँदैछ : अध्यक्ष ढकाल

२ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भूमिका संकुचित बनाउने किसिमको कामहरु भइरहेको बताएका छन् । आइतबार ‘दिगो आर्थिक विकासका लागि नीतिगत सुधार’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीय संसदमा छलफलको क्रममा रहेका कानूनहरु हुबहु पास भएमा अर्थतन्त्रमा नै समस्या आउने भन्दै महासंघले नीति निर्माणको तहमा गरिरहेको प्रतिनिधित्व घटाउने प्रयास […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बडिमालिकामा भक्तजनको घुइँचो

२ भदौ, धनगढी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा आइतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी (जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत आइतबार विहान ‘बडिमालिका उत्सव’ भन्दै शुभकामना व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरा, डोटी, जुम्ला र […]

प्रदेस समाचार फोटो फिचर बागमती मुख्‍य समाचार समाचार समाज

खानेपानीको पाइप लिक हुँदा बानेश्वरमा सडक भासियो (तस्वीरहरू)

२ भदौ, काठमाडौं। काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।सानो भ्वाङ देखिए पनि सडकमुनि खाली ठाउँ धेरै नै रहेछ। बेलैमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

भित्र्याउन नपाउँदा खेतमै उम्रियो चैते धान

२ भदौ, धनगढी । कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । पाकेको चैते धान धेरै दिनसम्म पानीमा डुबेको डुब्यै भएपछि कुहिनुका साथै खेतमै उम्रिएको छ । बाढी डुबानको सबैभन्दा बढी जोखिम रहेको सो पालिकामा किसानको गुजारा चैते […]

मुख्‍य समाचार समाचार

रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

२ भदौ, काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी […]

मुख्‍य समाचार समाचार

तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से

२ भदौ, काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अपजसबाट उम्किन नाम हटाउन निर्देशन

२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदस्थका नाममा नभई ‘जनता’का नाममा कार्यक्रमहरु बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिए । ‘प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम ठूला पदका नामबाट राखियो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्,’ उनले भनेका छन्, ‘यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मधुमेह भएकी महिला आईभीएफ मार्फत गर्भवती हुनसक्छिन् ?

२ भदौ, काठमाडौँ । खराब खानपान, जीवनशैली वा तनावका कारण मधुमेह लाग्न सक्छ । यस बाहेक यो वंशाणुगत कारण पनि हुन्छ । यस्तो अवस्थामा रगतमा चिनीको मात्रा बढ्छ, जसकारण विभिन्न स्वास्थ्य समस्या हुन थाल्छ । अहिले धेरैजसो मानिस मधुमेहबाट ग्रसित छन् । जब शरीरमा इन्सुलिन हर्मोन पर्याप्त मात्रामा उत्पादन हुँदैन वा इन्सुलिनले राम्रोसँग काम गर्न […]

अर्थ मुख्‍य समाचार समाचार

घरजग्गा कारोबार साढे ११ प्रतिशतले बढ्यो, राजस्व ३२ प्रतिशत वृद्धि

२ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार देखिएको हो ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ । […]