२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

एक युवती मृत फेला, शरीरमा चोटपटक

३ भाद्र, धनगढी । कैलालीको धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–१ को चकमेली चोक नजिकै युवती मृत अवस्थामा फेला परेकी हुन । कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले […]

मुख्‍य समाचार समाचार समाज

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

३ भाद्र, काठमाडौं । सातवटै प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । सबै प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै […]

मुख्‍य समाचार समाचार समाज

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

३ भाद्र, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल […]

मुख्‍य समाचार समाचार

बालेन र सुनितालाई जोडेर एआई भिडिओ बनाएको आरोपमा एक युवक पक्राउ

२ भाद्र, काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरूको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको […]

मुख्‍य समाचार समाचार समाज

सामाजिक कार्य पढेका ११ विद्यार्थीले पारिश्रमिकसहित इन्टर्नसिप गर्न पाउने

२ भाद्र,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सामाजिक कार्य केन्द्रीय विभाग र विभिन्न गैरसरकारी संस्थाबीच पारिश्रमिकमा इन्टर्न गराउने सम्झौता भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिको समन्वयमा विभाग र विभिन्न ७ गैरसरकारी संस्थाहरुबीच इन्टर्न गराउने सम्झौता भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए । उनको भनाइ अनुसार क्लाइमेट अलाइन्स अफ हिमालयन कम्युनिटिज, द स्मल वल्र्ड, […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलाको शैल्यशिखरका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

२ भाद्र, धनगढी । दार्चुलाको शैल्यशिखरमा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। कृषि समूहको बिल भुक्तानी गर्दा कसिमनबापत […]

मनोरन्जन मुख्‍य समाचार समाचार सुदूरपश्चिम

हाइसको ठक्करबाट दुई जना घाइते

२ भाद्र, धनगढी ।कैलालीमा हाइसको ठक्करबाट दुई जना महिला घाइते भएकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ मा पुर्बबाट पश्चिमतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८२ नम्बरको हाइसको ठक्करबाट दुई जना महिला घाइते भएकी छन्। घाइते हुनेमा घोडाघोडी–१ की २४ वर्षीया बासु सुनार र २१ वर्षीया निर्मला विक रहेकी छन्। उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। हाइस चालक […]

मुख्‍य समाचार राजनीति समाचार

भ्रष्टले दुई हातमाथि उफ्रिएर भ्रष्टाचारविरोधी नारा लगाउँछ : प्रधानमन्त्री ओली

२ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली उपयुक्त छ/छैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए । “हामीले स्थापना गरेको प्रणाली उपयुक्त छ कि छैन भनेर छलफल गर्ने पनि गर्ने बेला भएको छैन । बेला होइन […]

मुख्‍य समाचार समाचार

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने सरकारको तयारी

२ भाद्र, काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा भएको छलफलमा वनमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा सूचीकृत गर्ने तयारी रहेको बताए । वन्यजन्तुले कृषिबालीमा क्षति पुर्‍याएर गाउँ नै […]

मुख्‍य समाचार राजनीति समाचार

पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

२ भदौं, काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिएका छन् । आइतबार महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उनले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिएका हुन् । ‘विभिन्न […]

मुख्‍य समाचार समाचार

बाढी, पहिरोलगायतका विपदमा परी १८२ जनाको मृत्यु

२ भदौं, काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद‍्मा परी आइतबार दिउँसोसम्म एक सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद‍्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १० […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२ भदौं, काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । निराजन धामीको गोल मदतमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसरहरू बनाए पनि सदुपयोग गर्न सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई […]