८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाको बैठकको समय परिवर्तन

३० असार, काठमाडौँ । प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान […]

अर्थ मुख्‍य समाचार समाचार समाज

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव

३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरुले […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए

३० असार, गण्डकी । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन् । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्छन् । विसं २०६८ तिरको […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा शैक्षिक क्यालेन्डर लागू गरेकामा त्रिविलाई धन्यवाद

३० असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर लागू गरेकामा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिए । आज प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बराल, रजिष्ट्रार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिए । सो क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला

३० असार, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठवटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विश्वविद्यालय सभा स्थगित

३० असार, काठमाडौँ । सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए। यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई

३० असार, काठमाडौँ । नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जयन्तीका अवसरमा परिषद्द्वारा आयोजित कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसालले उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । परिषद्ले विसं २०५२ देखि नेपाली साहित्यका क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

हात्तीले चार घरमा क्षति पुर्‍यायो

३० असार, झापा । जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिए । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती

३० असार, ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको वाग्मती करिडोरको सानेपाको कालोपुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन् । पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले कालोपुलमा […]

मुख्‍य समाचार समाचार समाज

‘ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ’

३० असार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए । […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

धनगढीमा तरकारीको मूल्य बढ्यो

३० असार, कैलाली । धनगढीमा अहिले तरकारीको मूल्य निकै बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा छिमेकी राष्ट्र भारतका विभिन्न सहरबाट तरकारी आयात हुने गरेको छ । भारतको पलियास्थित वङ्शीनगरमा केही दिनदेखि वर्षाका कारण बाटो अवरुद्ध भई आयात रोकिएपछि धनगढीमा हिजोआज तरकारीको मूल्य निकै बढेको स्थानीय तरकारी व्यवसायी चन्दु चौधरीले जानकारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो : अध्यक्ष मगर

३० असार , काठमाडौं । राष्ट्रिय मानव आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोजेको टिप्पणी गरेका छन् । आइतबार आयोगको मस्यौदा विधेयक परामर्श कार्यक्रममा उनले मानवअधिकार संरक्षणका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई संकुचन गर्न खोजेको गुनासो गरे । उनले भने,‘सबै मानव अधिकार संरक्षणसम्बन्धी प्रवद्र्धनको […]