८ चैत्र २०८२, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध

३१ असार, लमजुङ । पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिंए । यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

३१ असार, चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो । सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका […]

मुख्‍य समाचार समाचार समाज

‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’

३१ असार, काठमाडौँ । कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

३१ असार , काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक  आज बस्दैछ । संघीय संसद सचिवालयको  राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै, अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन । मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ […]

मुख्‍य समाचार समाचार समाज

व्यावसायिक केरा खेतीमा रमाएका निर्मल

३१ असार,नवलपरासी । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन् । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उनी व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका हुन् । “उमेरमै जागीरबाट […]

मुख्‍य समाचार समाज

उच्चको अन्तरिम आदेशपछि न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई बाटो खुल्यो

३१ असार , काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ । महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो । त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो । जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको […]

मुख्‍य समाचार समाज

आज विश्व युवा दक्षता दिवस मनाइँदै

३१ असार , काठमाडौं । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ

३१ असार, टीकापुर । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उहाँले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेका छन् । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ । “छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”,उनले भने, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि […]

खेलकुद मुख्‍य समाचार समाज

अल्काराजले जिते विम्बल्डनको उपाधि

३१ असार , काठमाडौं । स्पेनिस खेलाडी कार्लोल अल्काराजले विम्बल्डन २०२४ को उपाधि जितेका छन् । लण्डनमा आइतबार राति पुरुष सिंगल्सको फाइनलमा सर्वियन स्टार खेलाडी नोभाक जोकोविचलाई पराजित गर्दै अल्काराजले विम्बल्डनको उपाधि रक्षा पनि गरेका हुन् । अघिल्लो संस्करणमा पनि जोकोविचलाई पराजित गर्दै अल्काराजले उपाधि जितेको थियो । अल्काराजको यो चौथो ग्राण्डस्लाम उपाधि रहेको छ […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरको हतुवागढीले प्रशासनिक भवन बनाउँदै

३१ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिव रु सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो । भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

स्पेनले जित्यो युरो कप २०२४ को उपाधि

३१ असार , काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । फाइनल खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी सकाएका थियो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

३१ असार , काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । […]