९ चैत्र २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

२ साउन, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो । असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले […]

प्रवास समाचार समाज

अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध

२ साउन, काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ । बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना […]

मुख्‍य समाचार समाचार समाज

१३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा

२ साउन, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो । गत असार पहिलो सातानै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो । पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सवस्टेशन हालसम्म […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित

२ साउन, चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच […]

मुख्‍य समाचार समाज

राप्रपा मकवानपुरको ज्ञापन पत्र अबिलम्ब रेविज नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमन

२ साउन , काठमाडौं । राप्रपा मकवानपुरको टोलिले मकवानपुर प्रमुख जिल्ला अधिकारिलाई ३ बुंदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने, बागमति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, क्षेत्रिय सचिव बिकास दुलाल, युवामोर्चा अध्यक्ष विवेक विक्रम शाह, हेटौंडा नगर अध्यक्ष अरुण लामा समेतको […]

मुख्‍य समाचार समाचार समाज

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

२ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिए । सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी […]

मुख्‍य समाचार राजनीति समाज

सभापति देउवाद्वारा महिला संघको भवन शिलान्यास 

२ साउन , काठमाडौं । नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका छन् । शिलान्यास गर्दै सभापति देउवाले भवनको शिल्यानास गर्ने मौका पाउँदा आफूलाई सौभाग्यशालि ठानेको बताएका छन् । कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

२ साउन, ललितपुर । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०-८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । “सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार

२ साउन , अमेरीका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ । अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मङ्गलबार जनाएको थियो । यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी र्यालीमा शनिबार […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

२ साउन, म्याग्दी । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०-८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो । कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४ योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए । […]

अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार

रसुवाको राजस्व २० अर्ब ३६ करोड

२ साउन, रसुवा । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो । रासससँग कुराकानी गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

२ साउन, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन् । “पार्कमा रहेको सुन्दर र […]